नेशनल युथ फोरम आयोजना गर्दै महासंघ 

नेशनल युथ फोरम आयोजना गर्दै महासंघ  :: Sahakari Akhabar

काठमाण्डौ । राष्ट्रिय सहकारी महासंघले नेशनल युथ फोरम आयोजना गर्ने भएको छ । संघले आगामी चैत्र २५ र २६ गते दुई दिन ‘नेशनल युथ फोरम कोअपरेटिभ इन्टरप्रेनियरसीप’ को आयोजना गर्ने भएको हो ।

काठमाडौंको होटल एभरेष्टमा आयोजना गर्न लागिएको फोरममा देशभरका दुई सय पचास सहकारीका सञ्चालक तथा युवा उद्यमीहरुको सहभागिता रहने महासंघका सञ्चालक तथा युवा फोरमका संयोजक सागर ढकालले बताए ।

फोरममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघका गोविन्द घिमिरे, अष्ट्रेलियाका पूर्व राजदुत महेश दाहाल, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका उपाध्यक्ष देवराज रोकालगायतले नेपालमा युवा र उद्यशीलता विषयमा प्रस्तुती गर्ने संयोजक ढकालले बताए ।

नेपालमा युवाहरुलाई उद्यमशील वनाउने तथा मुलुकको आर्थिक विकास र समृद्धिमा युवाहरुको सहभागीता र योगदान बढाउन फोरमले भूमिका खेल्ने अपेक्षा लिइएको संयोजक ढकालले बताए ।

फोरमले सहकारीको नीति निर्माणमा युवा सहभागिताको लागि दवाब सिर्जना गर्न र सहकारीमा नविन सोच, प्रविधिको विस्तार साथै युवा मैत्री वाताबरण निर्माणमा फोरमले सहयोग पुर्याउने अपेक्षा लिइएको छ ।



Leave a comment