चितवन । चितवन जिल्ला बचत तथा ऋण सहकारी संघको रजत वर्ष बिबिध कार्यक्रम गरि मनाएको छ । संघले स्थापनाको २४ बर्ष पुरा गरी २५ बर्ष प्रवेश गरेको अवसरमा विविध कार्यक्रम गरेको हो ।
यसै अवसरमा चैत्र ५ गते संघले रजत महोत्सव समापन कार्यक्रम सम्पन्न गरेको थियो । संघका अध्यक्ष हरिश्चन्द्र सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुरको चौबीसकोठी देखी कार्यक्रम स्थलसम्म र्याली तथा संस्थाका आ–आफÞनो भेषभुषा र झाँकी प्रदर्शन गरिएको थियो ।
रजत महोत्सव समापन कार्यक्रममा जिल्लाको उत्कृष्ट सहकारीकर्मी बचत संघका पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार, प्रोस्कून संचालक तेजेद्रबहादुर खडकालाई सम्मान गरेको थियो ।
त्यसैगरि रजत वर्ष कार्यक्रममा संचालन गरिएका बिभिन्न प्रतियोगिताहरुमा बिजयी हुनेहरुलाई पुरस्कार बितरण गरेको थियो भने चितवन जिल्ला बचत संघका पूर्व अध्यक्ष, संचालक र कर्मचारीहरुलाई समेत सम्मान गरेको थियो ।
राष्ट्रिय सहकारी बिकास बोर्डका सह–अध्यक्ष मित्रराज दवाडीको प्रमूख आतिथ्यता रहेको कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्ष शान्ति अधिकारी, लेखा समितिका संयोजक नवराज सापकोटा, प्रदेश सहकारी संघका कोषाध्यक्ष टिकाराम भट्टराइको सहभागिता थियो ।
त्यसैगरी प्रोस्कून कोषाध्यक्ष टापबहादुर श्रेष्ठ, संचालक तेजेन्द्रबहादुर खडका, जिल्ला सहकारी संघ चितवनका अध्यक्ष हरीप्रसाद पौडेल लगायत भरतपुर महानगर सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका शाखा अधिकृत रामबाबु पौडेलका साथै जिल्ला बचत संघका पूर्व अध्यक्षहरु, संचालकहरु र सलाहकारहरुको सहभागिता रहेको थियो । संघ २०५३ चैत्र २९ गते स्थापना भएको हो ।














Leave a comment