स्वरोजगार कोषको रकम नतिर्ने सहकारीलाई कारवाही

स्वरोजगार कोषको रकम नतिर्ने सहकारीलाई कारवाही :: Sahakari Akhabar

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले रकम नतिर्ने सहकारीलाई कारवाही गर्ने चेतावनी दिएको छ । कोषले सूचना प्रकाशित गर्दै कर्जा सम्झौता गरी कोषको रकम निकासा लिएका केही सहकारी संस्थाले रकम नतिरेकाले १५ दिनभित्र तिर्न ताकेता गरेको हो ।

कोषको रकम नियमितरुपमा तिर्नु/बुझाउनुपर्नेमा बाँकी देखिअएकाले सूचना प्रकाशित गर्नुपरेको कोषले जनाएको छ । कोषको खातामा रकम दाखिला गरी स्पष्ट बुझिने भौचरको प्रतिलिपि कोषमा उपलब्ध गराउन भनिएको छ ।

कोष सञ्चालन नियमावली २०७७ एवम् स्थानीय तहको निर्वाचनसम्बब्न्धी आचारसंहिता २०७८ बमोजिम कारवाहीको प्रक्रिया अघि बढाउने कोषले चेतावनी दिएको हो । सहकारी संस्थाको नामावली, कर्जा लिँदादेखि हालसम्मका सञ्चालक समिति, लखा समिति र कर्जा उपसमितिका पदाधिकारी तथा सदस्यको विवरण निर्वाचन आयोग जिल्ला निर्वाचन कार्यालय तथा स्थानीय तहमा पठाइने उल्लेख गरेको छ ।


 



Leave a comment