हाइलाइट

ललितपुर जिल्ला संघको निर्वाचन चैत्र २० मा 

ललितपुर जिल्ला संघको निर्वाचन चैत्र २० मा  :: Sahakari Akhabar

ललितपुर । जिल्ला सहकारी संघ ललितपुरको आउँदो चैत्र २० गते निर्वाचन हुने भएको छ । निर्वाचन समिति संयोजक विजयराज घिमिरेले निर्वाचन तालिका सार्वजनिक गर्दै निर्वाचन प्रक्रिया १७ गतेबाट सुरु भएर चैत्र २० गते निर्वाचन हुने जनाएका छन् ।

मतदाता नामावली चैत्र १७ गते ११ बजेदेखि सुरु हुने छ । मतदाता नामावलीमाथि दावी बिरोध साढे ११ बजेदेखि १ बजेसम्म तय गरिएको छ । अन्तिम मतदाता नामावली चैत्र १७ गते दिउँसो ४ बजे हुने छ । उम्मेदवारको मनोनयनपत्र दर्ता चैत्र १८ गते १ बजेदेखि ३ बजेसम्म हुने भएको छ । उम्मेदवारको नामावली प्रकाशन सोही दिन ४ बजे हुने भएको छ ।

उम्मेदवारविरुद्ध दावी विरोध चैत्र १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म हुने भएको छ । दावी विरोधमाथि छानबिन सोही दिन हुने छ । उम्मेदवारको पुनः नामावली प्रकाशन साढे ११ बजे हुने छ । त्यस्तै साढे ४ बजे उम्मेदवारको नाम फिर्ता लिने समय तय भएको छ ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन चैत्र १९ गते बेलुकी ५ बजे हुने छ । निर्विरोध भएको घोषणा सोही दिन हुने छ । मतदान कार्य सुरु चैत्र २० गते दिउँसो १ बजेदेखि ५ बजेसम्म तय गरिएको छ । मतदान कार्य समाप्त भएपश्चात मतगणना सुरु हुने छ । मतगणना सकिए लगत्तै निर्वाचन मत परिणाम घोषणा हुने जनाइएको छ । निर्वाचित पदाधिकारीलाई सोही दिन नै प्रमाणपत्र वितरणका साथै सपथ खुवाइने निर्वाचन समितिले तालिका सार्वजनिक गरेको छ । 



Leave a comment