हाइलाइट

शिक्षक कल्याण साकोसको अन्तर बिद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

शिक्षक कल्याण साकोसको अन्तर बिद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न :: Sahakari Akhabar

दोलखा । शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा जिल्लाका सबै स्थानीय तहमा अन्तर बिद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । संस्थाको रजत महोत्सवको अवसर पारेर दुई नगरपालिका तथा सात गाउँपालिकामा अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरेको हो ।

संस्थाले छुट्टाछुट्टै स्थानीय तहमा सञ्चालन गरेको हाजिरी जवाफ प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्तवना पुरस्कार प्राप्त गर्ने विद्यालयलाई पुरस्कृत गरेको छ । पुरस्कार प्राप्त गर्ने विद्यालयमा भिमेश्वर नपाबाट प्रथम, त्रिपुरा ग्लोरियम एकेडेमी द्धितीय महेन्द्रोदय मावि तृतीय मोर्डन नेपाल स्कूल तथा सान्त्वना कुटीडाँडा मावि मकैवारी भएका छन् ।

त्यसैगरी जिरी नपाबाट प्रथम कालिका मावि ठूलोपातल द्धितीय जेम एकेडेमी जिरी तृतीय जिरी मावि र सान्त्वना सहिद स्मृति माविले प्राप्त गरेका छन् । बैतेश्वर गापाबाट प्रथम  बैतेश्वर मावि, द्धितीय हनुमन्तेश्वर मावि, तृतीय क्षत्रवती मावि तथा सान्त्वना जनज्योती माविले पाएका छन् ।

कालिञ्चोक गापाबाट प्रथम हिलेपानी संस्कृत मावि द्धितीय कालिनाग मावि सिंगटी, तृतीय जनज्योति मावि र सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । त्यसैगरी जाल्पाश्वरी मावि लेप्टुङ्ग बिगु गापाबाट प्रथम थम्पु मावि, द्धितीय गौरीशंकर मावि, तृतीय  हिमालयन मावि र सान्त्वना चित्रे माविले पाएका छन् ।

गौरीशंकर गापाबाट प्रथम खारे मावि, द्धितीय मानेडाँडा मावि, तृतीय तथा हलेश्वर माविले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । निलकण्ठेश्वर मावि, तामाकोशी गापाबाट प्रथम सितापाईला मावि, द्धितीय गोल्मेश्वर मावि, तृतीय जनजागृती मावि, शहरे, सान्त्वना नारायणी मावि भिरकोट शैलुङ्ग गापाबाट प्रथम कालिका मावि फस्कू द्धितीय दुर्गा मावि, तृतीय साँउते मावि, तथा सान्त्वना मागापौवा माविले पाएका छन् ।

मेलुङ्ग गापाबाट प्रथम सत्यश्वर मावि, द्धितीय भूमेस्थान मावि, तृतीय कालिका मावि र सान्त्वना आजादी माविले प्राप्त गरेका छन् । प्रथम स्थान हाँसिल गर्ने विद्यालयहरुलाई २०७८ साल चैत ११ गते शुक्रवार जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगितामा सहभागी गराईने संस्थाले जानकारी दिएको छ ।

त्यसैगरी संस्थाले रजत महोत्सव कै अवसरमा २०७९ साल बैसाख २ गते देखि ४ गते सम्म संस्थाका शेयर सदस्यहरुबिचको पालिकागत जिल्लास्तरीय भलिवल प्रतियोगिता आयोजना गरेको संस्थाका अध्यक्ष ताराप्रसाद पन्तले जानकारी दिए ।



Leave a comment