हाइलाइट

जिल्ला बचत संघको नगद परिचालक क्षमता अभिबृद्धि तालिम सम्पन्न

जिल्ला बचत संघको नगद परिचालक क्षमता अभिबृद्धि तालिम सम्पन्न :: Sahakari Akhabar

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले नगद परिचालक क्षमता अभिबृद्धि तालिम सम्पन्न गरेको छ । संघको तालिम व्यवस्थापन उपसमितिको आयोजनामा सम्पन्न तालिमलाई नेफ्स्कूनले प्राविधिक सहयोगमा गरेको थियो ।

एकदिने उक्त तालिममा संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले बचत तथा ऋण सहकारीमा सदस्यसंग पहिलो भेट काउन्टरमा बस्ने कर्मचारीसंग हुने भएकोले उहाँहरुको व्यवहार, ज्ञान सिप र क्षमतामा संस्थाको छवि निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । कर्मचारीको कार्यक्षमता अभिबृद्धिले संस्थाको लक्ष्य हासिलमा सहयोग पुग्ने भन्दै सिकेको कुरा व्यवहारमा उतार्नुपर्ने बताए ।

संघका संचालक एंव उपसमितिका संयोजक इन्द्रप्रसाद व्यान्जुले संस्थाका काउण्टरमा बस्ने कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरेको बताए । संस्थामा कार्यरत कर्मचारीहरुको कार्यकुशलता र ज्ञान सिपले नै संस्थाको छवि निर्माणमा महत्वपूर्ण भुमिका खेल्ने हुदाँ तालिमका व्यवहारिक ज्ञान तथा सिपको प्रयोगमा जोड दिए ।

नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइरालाले तालिमको सहजिकरणमा गरेका थिए । संघका व्यवस्थापक बालकृष्ण धोजुले सिकाई कहिले अन्त्य नहुने भएकोले निरन्तर सिकाईलाई जोड दिई कार्य क्षमता अभिबृद्धि गर्नुपर्ने बताए । तालिममा विभिन्न सहकारीमा कार्यरत ५२ जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।



Leave a comment