हाइलाइट

बुडोल सामुदायिक साकोसले सदस्यलाई ब्लुबुक नवीकरण सेवा दिने

बुडोल सामुदायिक साकोसले सदस्यलाई ब्लुबुक नवीकरण सेवा दिने :: Sahakari Akhabar

काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई सवारी साधनको ब्लुबुक नवीकरणकोलागि सहजीकरण गरिदिने भएको छ । संस्थाले सदस्यको ब्लुबुक नवीकरणकोलागि स्मार्ट सर्भिस ईन प्रालिसंग सम्झौता समेत गरेको छ ।

संस्थामा आवद्ध सदस्यहरुले अब दुई पांग्रे तथा चार पांग्रे हलुका सवारी साधनको ब्लुबूक नवीकरण गराउन सक्ने जनाइएको छ । सम्झौतामा संस्थाका प्रमुख कार्यकारी अधिकृत बिबेकराज ठकुरी र स्मार्ट सर्भिस ईन प्रालिका प्रमुख संचालन अधिकृत जनक रावलले हस्ताक्षर गरेका थिए ।

संस्थाले दुइ पाङ्ग्रे सवारी साधनको ब्लुबूक नवीकरण गराउनको लागि ३५० रुपैंयाँ र चार पाङ्ग्रे हलुका सवारी साधनको ब्लुबूक नवीकरणको लागि ४५० रुपैंयाँ सेवा शुल्क तय गरिएको जनाइएको छ ।



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000