मोरङ । इटहरा वचत तथा ऋण सहकारी संस्थाले चैत्र १ गते २५ औं स्थापना दिवस बिविध कार्यक्रम गरि मनाएको छ । संस्थाले बिविध विधाका उत्कृष्ट सदस्य सम्मान, विद्यालयस्तरिय हाजिरि जवाफ, म्युजिकल चेयर, हण्डि फुटाई कार्यक्रम सम्पन्न गरि स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसको अवसरमा संस्थाले संस्थाका जेष्ठ सदस्यहरु सम्मान कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा १७ जना जेष्ठ सदस्यहरुलाई सम्मान गरेको छ । यसै अवसरमा संस्थाले उत्कृष्ट कारोवार गर्ने २ जना उत्कृष्ट बाल बचतकर्ता, २ जना भिन्न क्षमता भएका सदस्यलगायत ६ जना सदस्लाई पुरस्कृत गरेको थियो ।
स्थापना दिवसको अवसरमा संचालन गरेको विद्यालय स्तरिय हाजिरि जवाफ प्रतियोतामा उत्कृट हुने विद्यालयलाई पनि पुरस्कृत गरिएको छ । हाजिरि जवाफ प्रतियोतामा माउन्ट एभरेष्ट इङलिस स्कुल प्रथम, महेन्द्र मावि द्वितिय र जनता मावि तृतिय भएका थिए ।
विजेता समुहलाई संस्थाका अध्यक्ष रामप्रसाद पराजुलीले पुरस्कार बितरण गरेका थिए । त्यसैगरी म्युजिकल चेयर कार्यक्रममा प्रथम अस्मिता निरौला, द्वितीय मिना रिजाल र तृतिय विनिता घिमिरे तथा लाई हण्डिफोर प्रतियोगिता विजेता लक्ष्मीप्रसाद लिम्बुलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा नेफ्स्कूनका निवर्तमान कोषाध्यक्ष तथा सहकारी अभियान्ता केशव प्रसाद पोख्रेल तथा जिल्ला वचत तथा ऋण सहकारी संघ मोरङका सह सचिव कृष्णराज खतिवडाले शुभकामना मन्तब्य राखेका थिए ।



Leave a comment