पोखरा। सञ्चय बहुउद्देश्यीय सहकारीको २३ औ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। पोखरा महानगपालिका–८, सृजनाचोकमा रहेको संस्थाले रक्तदान जिवनदान हो भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम गरेको जनाएको छ ।
जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोईरालाको प्रमुख आतिथ्यता र संस्थाका कार्यवाहक अध्यक्ष गणेश बहादुर थापाको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा २७ पिन्ट रगत संकलन भएको थियो ।
कार्यक्रम सफल बनाउन कोषाध्यक्ष राधाकृष्ण घिमिरेको संयोजकत्वमा एक खुल्ला रक्तदान संयोजन समिति गठन गरिएको थियो ।
संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत समय समयमा यस्ता कार्यक्रम गर्दै आएको सन्दर्भमा संस्थाका कार्यसमितिका सदस्य कृष्ण श्रेष्ठले सहकारीको सात सिद्वान्त बाचन गर्नु गरेका थिए भने, संस्थाका व्यवस्थापक दिपा श्रेष्ठले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा डिपि अधिकारी, नेत्रनारायण सुवेदी, यज्ञराज शर्माले संस्थाको स्थापना दिवसको बारेमा प्रकास पारेका थिए भने संस्थाका सचिव नवराज पौडेलले कार्यक्रम संचालन गरेका थिए ।
Leave a comment