हाइलाइट

गण्डकी साकोसको क्षमता अभिवृद्धि तालिम

गण्डकी साकोसको क्षमता अभिवृद्धि तालिम :: Sahakari Akhabar

तनहुँ ।  गण्डकी बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को प्राविधिक सहयोगमा क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । संस्थाका अध्यक्ष पोषणराज सुवेदीले तालिमको आवश्यकता र महत्वबारे प्रष्ट पारे ।

संस्थाका प्रथम उपाध्यक्ष केदारनाथ न्यौपानेले स्थागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सञ्चालन संस्थाका सचिव कुलप्रसाद पाण्डेले गरे । नेफ्स्कूनका वरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्ले र सुमनराज घिमिरेले प्रशिक्षण दिए ।

४ दिन सम्म सञ्चालन हुने तालिममा सञ्चालक समिति, लेखा तथा सुपरीवेक्षण समिति, उप समिति र कर्मचारी गरी २६ जनाको उपस्थिती छ । तालिम चैत्र ५ गते सम्म सञ्चालन हुनेछ । संस्थाको हाल सदस्य संख्या १६ हजार २ सय ४ पुगेको छ । संस्थाको कुल सम्पत्ति १ अर्ब ८० करोड छ ।



Leave a comment