हाइलाइट

नवजीवन सहकारीको निर्वाचनसहितको साधारण सभा सम्पन्न

नवजीवन सहकारीको निर्वाचनसहितको साधारण सभा सम्पन्न :: Sahakari Akhabar

कैलाली । धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्थाको अध्यक्षमा देवबहादुर बम निर्वाचित भएका छन् । बमले प्रतिद्वन्द्वी रतन कठायतलाई एक हजार ३ सय ८ मतान्तरले पराजित गरेका हुन् । बमले ८ हजार ३ सय ९१ मत र रतन कठायतले ७ हजार ८३ मत ल्याएका थिए ।

सहकारीको १६ संचालक सदस्यका लागि भएको निर्वाचनमा १७ हजार ८० मत खसेको थियो । सहकारी संस्थामा २९ हजार ५ सय ७७ शेयर सदस्य छन् । त्यस्तै उपाध्यक्षमा चेतराज ओझा निर्वाचित भएका छन् । उनी कठायतको प्यानलका हुन् । शनिबार मतदान भएको थियो ।

आइतबार बिहानदेखि मतगणना सुरु भएको थियो । सोमबार अबेर राति मत गणना सम्पन्न भएको हो । त्यस्तै गरी सदस्यहरुमा इन्दिरा जैशी, उत्तम जोशी, गोपालराज पाठक, केशवराज मिश्र, महेशराज विष्ट, घनबहादुर शाह, उपेन्द्र विष्ट निर्वाचित भएका छन् ।

यस्तै सदस्यमा निर्वाचित हुनेमा शिवकुमार जोशी (फुलारा), गणेश बम, जयराज जोशी, विश्वनाथ ओझा पनि रहेका छन् । यस्तै लेखा सुपरिक्षक समिति संयोजकमा कठायत प्यानलका चेतराज जोशी तथा सदस्यमा गणेश प्रसाद उपाध्याय र लक्ष्मीराज पन्त निर्वाचित भएका छन् ।



Leave a comment