हाइलाइट

युएम साकोसको तरकारी बजारमा दशौं सेवाकेन्द्र

युएम साकोसको तरकारी बजारमा दशौं सेवाकेन्द्र :: Sahakari Akhabar

बनेपा ।  काभ्रे बनेपामा मुख्य कार्यालय रहेको  यु एम बचत तथा ऋण सहकारी संस्थाले सेवाकेन्द्र विस्तार गरेको छ । संस्थाले बनेपाको महिला शक्ति साकोससँग एकिकरण गरी  १० औं सेवा केन्द्र बनेपाको तरकारी बजारमा विस्तार गरेको हो ।

संस्थाका अध्यक्ष रामशरण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम भएको थियो । काभ्रेपलाञ्चोक जिल्ला बचत संघका अध्यक्ष जितेन्द्र नकर्मी र संस्था का सल्लाहकार इश्वरी बादे श्रेष्ठले संयुक्त रुपमा सेवाकेन्द्रको उद्घाटन गरेका हुन् । संस्थाले यसअघि पाँचखा, भकुण्डे, खाडीचौर, चौतारा, सिपाघाट र पनौतीमा सेवाकेन्द्र विस्तार गरिसकेको छ ।



Leave a comment