काठमाडौँ । चन्द्रागिरि नगरपालिकाको बलम्बुमा रहेको बलम्बु च्याउ सहकारी संस्थाले १३औं स्थापना दिवस मनाएको छ । संस्थाले एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस सम्मान कार्यक्रम गरेको हो । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठको सभापतित्व एवं जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञान बहादुर तामाङको प्रमुख आतिथ्यतामा दिवस मनाइएको हो।
कार्यक्रममा संस्थाका जेष्ठ सदस्य पुर्ण महर्जनलाइ प्रमुख अतिथि तामाङले दोसल्ला तथा कदरपत्रद्वारा सम्मानित गरेका थिए । संस्थाले स्थापना दिवसकै अवसर पारेर माततीर्थ वृद्धाश्रमका २२ जना वृद्ध आमाहरुलाई भोजनदान गर्नुका साथै वृद्धाश्रमका लागि आवश्यक सामग्री प्रदान गरेका छ ।
समुदाय र सदस्यकेन्द्रित कारोबार गर्दै आएको संस्थाले ३ हजार सदस्यलाई वित्तीय तथा अन्य विविध सेवा प्रदान गर्दै आएको छ । च्याउ खेतीको प्रवर्धनका लागि संस्थाले च्याउ अनुसन्धान तथा तालिम केन्द्र र मसरुम फुड इण्डष्ट्रिलाई थप व्यवस्थित बनाइ अगाडि बढेको छ ।
Leave a comment