काठमाडौं । जेष्ट आइडियोलोजी बचत तथा सहकारी संस्थाले सोमबार आयोजना गरेको रक्तदान कार्यक्रममा ५२ पिन्ट रगत संकलन भएको छ ।
संस्थाका प्रमुख प्रवन्धक हेमबहादुर कार्कीका अनुसार न्यूरोडको संकटा मन्दिर परिसरमा अयोजना गरेको रक्तदान कार्यक्रममा ५२ पिन्ट रगत संकलन भएको छ । संस्थाको सामाजिक उत्तरदायित्वलाई आत्मासात गर्दै रक्तदान गरिएको उनले बताए ।
संस्थाका अध्यक्ष रामप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिका वडा नं. २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले रक्तदान कार्य महत्वपूर्ण योगदान भएको बताए ।
रक्तदानमा १ सय ६९ औं पटक रक्तदान गरेका नेपाल स्वयमसेवी रक्तदाता समाजका प्रेम सागर कर्माचार्य, ब्लोदान सल्लाहकार सुवास गोयलको उपस्थिति रहेको थियो ।
त्यस्तै राष्टिय सहकारी बैंक, न्यूरोड शाखाका केदारनाथ उप्रेती, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून), न्यूरोड शाखा प्रमुख मनोज कार्की, संकटा क्ल्बका महासचिव रमेश ध्वज बस्नेत लगायत पनि रक्तदानमा सहभागीता रहेको थियो ।
कार्यक्रममा संस्थाका शेयर सदस्य, संचालक, कर्मचारी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो । संस्थाले प्रधान कार्यालयका अलावा मैतीदेवी र काँडाघारीको सनसिटी चोकमा सेवा केन्द्र संचालन गरेर सदस्यलाई सेवा दिँदै आएको छ ।
Leave a comment