बचत संघद्धारा कर्मचारीको क्षमता अभिबृद्धि तालिम सम्पन्न

बचत संघद्धारा कर्मचारीको क्षमता अभिबृद्धि तालिम सम्पन्न :: Sahakari Akhabar

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले कर्मचारीको क्षमता अभिबृद्धि तालिम सम्पन्न गरेको छ । संघको तालिम व्यवस्थापन उपसमितिको आयोजनामा कर्मचारीको क्षमता अभिबृद्धि तालिम सम्पन्न गरेको हो।

सूर्यविनायक रिर्सोट, भक्तपुरमा सम्पन्न एकदिवसीय तालिमलाई नेफ्स्कूनको प्राविधिक सहयोग रहेको थियो । सहकारीमा अग्रभागमा रहेर काम गर्ने कर्मचारीको क्षमता अभिबृद्धिकालागि तालिम संचालन गरिएको संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले बताए ।

उनले संघको मुख्य काम अन्तरलगानी, तालिम शिक्षा र लविङ्ग भएकोले संदस्य संस्थाका संचालक तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि हुने तालिम संचालन गर्दै आएको जनाए ।

उनले हालको तरलता अभावमा पनि संघले सदस्यलाई तरलता व्यवस्थापन ऋण प्रदान गरेको जनाए । उनले एक व्यक्ति एक सहकारीको व्यवस्था अव्यवहारिक रहेकोले सो व्यवस्था संशोधनकालागि बागमती प्रदेशमा निवेदन दर्ता गराएको जानकारी दिए ।

मालपोतमा रोक्का दस्तुर, अग्रिम व्याजकर, कानुनी प्रक्रिया नपुर्याइदर्ता गरेका बहुउद्देश्यीय सहकारी लगाएतका विषयमा भुमि व्यवस्था, सहकारी तथा गरिबीनिवारण मन्त्रालयमा ध्यान आकर्षण गराएको कुरा उनले बताए ।

संघका उपाध्यक्ष हरि बल्लले संस्थाका कार्यरत कर्मचारीहरुको कार्यकुशलता र ज्ञान सिपले नै संस्थाको छवि निर्माणमा महत्वपूर्ण भुमिका खेल्ने हुदाँ तालिमका ब्यवहारिक ज्ञान तथा सिपको प्रयोगमा जोड दिनुपर्ने बताए ।

संघका संचालक एंव उपसमितिका संयोजक इन्द्रप्रसाद ब्यान्जुले संस्थाका अग्रभागका कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरेको कुरा बताए । उपसमितिका सदस्य तुल्सी हरि प्रजापतिले स्वागत मन्तव्य राखेका थिए ।

५६ जना कर्मचारीको सहभागिता रहेको तालिम नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरेले सहजिकरण गरेका थिए । संघका व्यवस्थापक बालकृष्ण धोजुले संस्थामा कर्मचारी नियुक्ति गर्दा सहकारीको सैद्धान्तिक पक्ष र काम कर्तव्यको विषयमा अभिमुखिकरण गर्नुपर्ने बताए ।



Leave a comment