भक्तपुर । दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्थाले नारी दिवसको अवसरमा सदस्यलाई सहकारी शिक्षा प्रदान गरेको छ । संस्थाले फागुन २४ गते हिञ्चोक भैरव मन्दिर परिसरमा संस्थाका सदस्यलाई सहकारी शिक्षा दिएको हो ।
सहकारी शिक्षा कार्यक्रममा ४० जना सदस्यहरूको उपस्थिति रहेको थियो । शिक्षा कार्यक्रममा नेफ्स्कून ठिमी शाखा प्रमुख पेशलकुमार खड्काले सहजीकरण गरेको संस्थाकी ब्यवस्थापक दिपा क्षेत्रीले जानकारी दिइन्।
संस्थाको शिक्षा उप समितिको आयोजना रहेको कार्यक्रमको कार्यक्रम संयोजक शारदा खनाल काफ्लेले सभापतित्व तथा सचिव पार्वती घिमिरे भण्डारीले कार्यक्रम संचालन गरेकी थिइन् ।

Leave a comment