ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले “सहकारीमा महिला सशक्तिकरण” कार्यक्रम सम्पन्न गरेको छ । संघको महिला उपसमितिको संयोजनमा ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एक दिवसीय सहकारीमा महिला सशक्तिकरण विषयक कार्यक्रम सम्पन्न गरेको हो ।
साझा पार्टी प्यालेस लगनखेलमा २४ गते मंगलवार सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवि मल्लको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सहकारीमा महिला सशक्तिकरण विषयमा लाईफ कोच लक्ष्मीउषा मल्ल सिंहले कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
संघका अध्यक्ष रामहरी बजगाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघकी संस्थापक अध्यक्ष रोहिणि जोशी, जिल्ला सहकारी संघका उपाध्यक्ष रामशरण बस्नेत, संचालक अम्बिका थापालगायत संघका पदाधिकारी र कर्मचारीको सहभागिता रहेको थियो ।
Leave a comment