बर्दिया । बर्दियास्थित तीनवटा सहकारी एकिकरण भएक छन् । जिल्लाको सिको बचत तथा ऋण सहकारी संस्था, डल्फिन बचत तथा ऋण सहकारी संस्था र मौसमी बचत तथा ऋण सहकारी संस्था एकिकरण भएका हुन् ।
यस अघि २०७५ असार १ गते सिर्जना साकोस, कोशेली साकोस र लक्ष्मी साकोस बीच एकीकरण भई सिको साकोस भएको थियो । एकीकरण पछि सिको साकोस डल्फिन सेवा केन्द्र राजापुर ४ राजापुर बजार र सिको साकोस मौसमी सेवाकेन्द्र राजापुर ६ मानपुरटपराको सेवाकेन्द्र समेत उद्घाटन भएको छ । दुवै सेवा केन्द्रको उद्घघाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गरेका थिए ।
संस्था एकीकरण घोषणा सभाबाट सिको साकोसका अध्यक्ष दामोदर अधिकारीको अध्यक्षतायमा १५ सदस्यीय सञ्चालक समिति र जिवन कुमार शाहीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समितिसहित संयुक्त एकीकरण कार्यदल समेत गठन भएको साकोसले जनाएको छ ।
एकीकरणपछि संयुक्त कारोबार शुभारम्भ गरेको सिको साकोसको कुल वासलात ४० करोड १७ लाख ६३ हजार २ सय ९३ पुगेको जनाइएको छ । साथै संस्थाको केन्द्रीय कार्यालयसहित ८ वटा कार्यालय पुगेको छ ।
एकीकरण घोषणा सभामा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल,सञ्चालक माधवप्रसाद जोशी, राष्ट्रिय सहकारी बैंकका सञ्चालक विजया धिताल, लुम्बिनी प्रदेश बचत संघका अध्यक्ष कृष्ण नेपाल र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलको आतिथ्यता रहेको थियो ।
Leave a comment