हाइलाइट

अभिरुचि साकोसद्वारा सदस्यलाई सहकारी शिक्षा तालिम

अभिरुचि साकोसद्वारा सदस्यलाई सहकारी शिक्षा तालिम :: Sahakari Akhabar

भैरहवा । सिद्धार्थनगर ७ स्थित अभिरुची बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई सहकारी शिक्षा तालिम दिएको छ । संस्थाले सहकारी शिक्षालाई निरन्तरता दिँदे सहकारीको महत्व, बचत तथा ऋणको परिचालनलगायतका विषयमा प्रशिक्षण दिइएको हो ।

गुणस्तरीय शिक्षालाई प्राथामिकतामा राखी संस्थाको सेवाको गुणस्तर वृद्धि गर्ने र सहकारी संस्थाको संस्थागत विकासमा टेवा पुर्याउने उद्देश्यका तालिम गरिएको छ । सहभागीलाई सिद्धार्थनगर नगरपालिका सहकारी शाखा अधिकृत कमलकान्त खनालले व्याजको लोभमा सहकारीको लगानी जोखिम हुने, थुप्रै सहकारीहरु डुबेको उदाहरण पनि रहेकोले कसुर दण्ड जरिवाना र पुनरावेदनको बारेमा प्रत्येक सदस्यले जान्नु पर्ने बताए ।

बहुउद्देश्यीय सहकारी भनेर प्रदेशले दर्ता गर्ने गरे पनि नियमन खासै नभएकोले बाहिरी सहकारीभन्दा स्थानीय र सञ्चालकलाई चिनेर मात्र कारोबार गर्दा जोखिम कम हुने उनले बताए । त्यस्तै प्रशिक्षक लक्ष्मण पौडेलले सहकारीका शेयर सदस्यहरुले बचत रकम कहाँ र कसरी लगानी भएको छ, कर्जा बेलामा असुली भएको छ वा छैन भन्ने कुराको निगरानी गर्नु जरुरी रहेको बताए । उनले तालिम पश्चात सिकेका र बुझेका कुराहरुलाई तत्कालै व्यवहारमा उतार्ने प्रयास गर्नुपर्ने बताए ।

तालिम लिएका व्यक्तिहरुलाई निजको क्षमताको आधारमा उपयुक्त ठाउँमा जिम्मेवारी वहन गर्ने वातावरण संस्थाले दिने साकोसका अध्यक्ष जीवन प्रकाश पाण्डेले बताए । तालिमले सोचाइ र मनोवृत्तिमा सुधार ल्याइ असल आचरणको विकास गर्न, संस्थागत छवीमा सुधार ल्याउन र संस्थालाई नाफामुखी बनाउन क्षमताको विकास गराउन सहयोग पुग्ने लेखा तथा सुपरिवेक्षण समिति संयोजक मोहम्मद सलिमले बताए ।



Leave a comment