हाइलाइट

नारी दिवसमा आदर्श सञ्चारद्वारा मानवसेवा आश्रममा खाना 

नारी दिवसमा आदर्श सञ्चारद्वारा मानवसेवा आश्रममा खाना  :: Sahakari Akhabar

बागलुङ । आदर्श सञ्चार सहकारी संस्थाले मानवसेवा आश्रममा खाना खुवाएको छ । संस्थाद्वारा प्रकाशित धौलागिरी जागरण दैनिक पत्रिकाको १५ औं वार्षिकोत्सव तथा ११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अबसर पारेर मानवसेवा आश्रममा रहेकालाइ खाना खुवाएको हो ।

संस्थाले आश्रमका ४९ जनालाई भोजन खुवाइएको छ । कार्यक्रममा आश्रमका संस्थापक अध्यक्ष तथा संघीय सांसद मनकुमारी केसीले छोरी होस् त यस्तो होस् भन्ने बनाउनु पर्ने भन्दै सम्पुर्ण महिलालाई थप उदाहरणीय कार्यमा लाग्न आव्हान गरिन ।

कार्यक्रममा आदर्श सञ्चार सहकारीका अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु), स्वागत मानवसेवा आश्रम बागलुङ शाखाका विपना तामाङ र सञ्चालन संस्थाका सह–सचिव सरस्वती खड््का परियारको सहभागिता रहेको थियो ।

आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको पहिलो सञ्चारमाध्यम धौलागिरी जागरण दैनिक फागुन २३ गतेदेखि १६ औं वर्षमा प्रवेश गरेको छ । संस्थाले दैनिकसंग अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाईन सञ्चालन गर्दै आएको छ । आदर्श सञ्चार सहकारी संस्थामा ३ हजार ५ सय जना शेयर सदस्य, ५ करोड ५० लाख शेयर रकम, ३२ करोड वचत, ३७ करोड लगानी रहेको प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।



Leave a comment