बुधबारबाट एक रुपैयाँको सिक्का चलन चल्तीमा

बुधबारबाट एक रुपैयाँको सिक्का चलन चल्तीमा :: Sahakari Akhabar

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारबाट एक रुपैयाँको सिक्का चलनचल्तीमा ल्याउने भएको छ । सिक्काको अग्रभागमा ६४ वटा थोप्लाको वृत्ताकार घेराभित्र हिमाल, पहाड र तराईको पृष्ठभूमिमा नेपालको नक्सा राखिएको छ। यसैगरी दृष्टिविहीनहरुले स्पर्श गरेर सिक्काको दर पहिचान गर्नका लागि एउटा मोटो थोप्लो रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै सिक्काको पछाडी भागमा ६४ वटा थोप्लाको वृत्ताकार घेराभित्र आठ थोप्लासहितको वृत्ताकार चित्र भित्रको वर्गाकार आकृतिलाई वरिपरि चन्द्र, सूर्य, चक्र, शंख, पद्म, गदा तथा बीचमा सगरमाथाको आकृति र त्यसको मुनि अंग्रेजीमा सगरमाथा नेपाल लेखिएको राष्ट्र बैंकले जानकारी दिएको छ । 
 



Leave a comment