हाइलाइट

सामूहिक साकोसद्धारा शिक्षा तथा स्वास्थ्य शिविर सम्पन्न

सामूहिक साकोसद्धारा शिक्षा तथा स्वास्थ्य शिविर सम्पन्न :: Sahakari Akhabar

भक्तपुर । सामूहिक बचत तथा ऋण सहकारी संस्थाले शिक्षा तथा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । फागुन २१ गते सम्पन्न कार्यक्रम  भक्तपुर रेडक्रस सोसाइटी र हार्ट एण्ड डायविटिक सेन्टरसंगको प्राविधिक सहयोगमा सम्पन्न गरेको हो ।

संस्थाले स्वास्थ्य शिविर र शिक्षा तथा वित्तीय साक्षारता कार्यक्रम संचालन गरेको थियो । संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेका थिए । त्यसैगरी शिक्षा शिविर तथा वित्तीय साक्षारता कार्यक्रममा ४८ जना, रक्तचाप परीक्षणमा ६९ जना, सुगर परीक्षणमा ६६ जना र डाइरोइड परीक्षणमा ११ सहभागी भएको जनाइएको छ ।

कार्यक्रम संस्थाको महिला उपसमिति, बचत उपसमिति र शिक्षा उपसमितिको संयुक्त आयोजनामा संचालन गरेको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायले बचत त्यागबाट हुने हुँदा फजुल खर्च न्यूनीकरण गर्दै सन्ततीका लागि बचत गर्नुपर्ने बताए ।



Leave a comment