हाइलाइट

‘कोप कार्ड’ ब्राण्डमा सहकारीको एटिएम कार्ड 

‘कोप कार्ड’ ब्राण्डमा सहकारीको एटिएम कार्ड  :: Sahakari Akhabar

काठमाडौं । सहकारी संस्थाहरुले ‘कोप कार्ड’ ब्राण्डमा एटिएम कार्ड जारी गर्न पाउने भएका छन् । राष्ट्रिय सहकारी बैंकले भुक्तानी सेवा प्रदायक कम्पनी  स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) तथा ग्लोबल आइएमई बैंकसँग सहकार्य गरी एटिएम कार्ड सेवा सुरु गर्न लागेको हो । एससीटी, ग्लोबल आइएमई र सहकारी बैंकबीच आईतबार औपचारिक सम्झौता हुदैछ । आगामी तीन महिनाभित्र कार्ड सेवा सुरु गर्ने तयारी गरिएको बैंकका सूचना अधिकारी नविन कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार सहकारी संस्थाहरुले कोप कार्ड ब्राण्डमा सदस्यहरुलाई एटिएम सेवा दिन पाउनेछन् । सहकारी संस्थाहरुले सहकारी बैंकसँग सम्झौता गरी एटिएम सेवा दिनसक्छन् भने कारोबारको सेटलमेन्ट समेत सहकारी बैंकबाटै हुनेछ ।

बैंकसँग सम्झौता गरी सहकारीहरुले जारी गर्ने कार्ड ग्लोबल आइएमई बैंकका तीन सय भन्दा बढि एटिएम काउन्टरमा निशुल्क रकम झिक्न पाइनेछ । यसैगरी कार्डबाट पिओएस (पोइन्ट अफ सेल) मा पनि तिर्न सकिन्छ । डिपार्टमेन्टल स्टोर, सुपरमार्केटमा प्रयोग हुनेछ ।

हाल सहकारी संस्थाहरुले एससिटिसँग सम्झौता गरी एटिएम सेवा दिएपनि हिमालयन बैंकमा सेटलमेन्ट हुने भएकाले सहकारी संस्थाहरुले निश्चित रकम बैंकको खातामा राख्नुपर्ने बाध्यता थियो । सहकारी बैंकले सुरु गरेको सेवाबाट सहकारी संस्था र संस्थाका सदस्यहरुका लागि समेत सस्तो पर्ने बैंकले जनाएको छ ।



Leave a comment