जिल्लास्थित सबै विषय तथा प्रकृतिका सहकारीको संघ भएपनि बचत तथा ऋण कारोबारमै केन्द्रीत हुँदा अन्य विषयगत कामलाई प्रवद्र्धन गर्ने भूमिका ओझेलमा परेको विभागको भनाई छ ।
काठमाडौं । संघिय सहकारी विभागले जिल्ला सहकारी संघहरुलाई बचत तथा ऋण कारोबार गर्न रोक लगाउने भएको छ । सहकारीका संघहरु वित्तीय कारोबारमा मात्र केन्द्रीत हुँदा सहकारीका अरु काम ओझेलमा परेको र विकृती समेत बढेको भन्दै यसमा रोक लगाउने तयारी गरेको हो ।
विभागले फागुन एक गते जारी गरेको ८८ बुँदे एकिकृत निर्देशन संसोधनको तयारी गरिरहेको छ । उक्त निर्देशन संसोधनपछि जारी गर्दा जिल्ला संघहरुको वित्तीय कारोबार गर्न रोक लगाउने रजिष्ट्रार रुद्र प्रसाद पण्डितले जानकारी दिए ।
ललिपुर, चितवन, नुवाकोट, काभ्रेलगायतका जिल्लामा जिल्ला संघहरुले नै प्रारम्भि संस्थाहरुबाट बचत संकलन गर्ने तथा ऋण लगानीको काम गर्दै आएका छन् । जिल्लास्थित सबै विषय तथा प्रकृतिका सहकारीको संघ भएपनि बचत तथा ऋण कारोबारमै केन्द्रीत हुँदा अन्य विषयगत कामलाई प्रवद्र्धन गर्ने भूमिका ओझेलमा परेको विभागको भनाई छ ।
हाल राष्ट्रिय सहकारी बैंकका अतिरिक्त नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्सकून), जिल्ला बचत तथा ऋण सहकारी संघ, प्रदेश बचत तथा ऋण सहकारी संघहरुले समेत बचत तथा ऋण कारोबार गर्दै आएका छन् । धेरैवटा संघ वित्तीय कारोबारमा संलग्न हुँदा अस्वस्थ प्रतिस्पर्धा समेत हुन थालेको सहकारीकर्मी बताउँछन् ।
Leave a comment