हाइलाइट

जिल्ला सहकारी संघ दोलखा र बागलुङबीच अन्तरक्रिया        

जिल्ला सहकारी संघ दोलखा र बागलुङबीच अन्तरक्रिया         :: Sahakari Akhabar

बागलुङ । जिल्ला सहकारी संघ लिमिटेड दोलखा र जिल्ला सहकारी संघ बागलुङबीच शुक्रवार बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सहकारी अध्ययन अवलोकनका लागि बागलुङ आएको दुवै संघका पदाधिकारी तथा सदस्यहरुबीच सहकारी संघहरुले गरेका असल अभ्यासहरुका बारेमा छलफल भएको थियो ।

जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईले संघले गरेका काम, भावी योजना र दोलखाको सहकारी अभियानका बारेमा जानकारी गराएका थिए । संघले सदस्य संस्थाहरुको संस्थागत विकास, संस्थाका सञ्चालक तथा कर्मचारीहरुको क्षमता विकास लगायत सहकारी अभियानको प्रवद्र्धनका लागि निरन्तर रुपमा काम गर्दै आएको र सहकारीको साख बढाउन महत्वपूर्ण भूमिका खेलेको उनले बताए ।

सहकारी अभियानले सञ्चालन गरेका कार्यक्रमहरुले देशको आन्तरिक पर्यटनमा समेत योगदान गरेको चौलागाईको भनाइ थियो । चौलागाइले फागुन १८ गतेबाट दोलखाबाट पश्चिमका सहकारीहरुको अवलोकन भ्रमण गर्दै बागलुङ सम्म आएको बताए ।

जिल्ला सहकारी संघ बागलुङले सचालन गरेका कार्यक्रम, योजना तथा समन्वयका बारेमा संघका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जि.सी.(अञ्जु)ले संघले रणनीतिक योजना बनाएर आफ्ना गतिविधि अगाडि बढाएको जानकारी गराइन् । उनले जिल्लाका १० वटै पालिकामा सञ्चालित सहकारीहरुको अवस्था झल्कने गरी प्रोफाइल प्रकाशन गर्न लागिएको बताइन् ।



Leave a comment