हाइलाइट

किसानलाई समयमै मल, बीउ उपलब्ध गराउन माग

किसानलाई समयमै मल, बीउ उपलब्ध गराउन माग :: Sahakari Akhabar

काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघले किसानका लागि आवश्यक मल, बीउ तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेको छ । संघका अध्यक्ष खेमबहादुर पाठकले कृषि तथा पशुपन्छि विकास मन्त्री महेन्द्र राय यादवलाई ज्ञापनपत्र बुझाउँदै  समयमै किसानलाई कृषि सामग्री उपलब्ध गराउन ध्यानाकर्षण गराएका हुन् ।

सरकारका कारण सहकारीले समयमै मल, बीउ उपलब्ध गराउँदै नसककेको संघले स्वीकार गरेको छ । अध्यक्ष पाठकले अरु नै कारण भए पनि सहकारीले मल, बीउ दिन सकेको भन्दै प्रचार भएकोमा दुःख व्यक्त गरे । 
मन्त्री यादवले  मल, बीउ प्रदान गर्ने विषयमा सरकार गम्भीर रहेको बताए ।

निकट भविष्यमै मल र बीउको उपलब्धता बढ्ने उनले विश्वास दिलाए । सरकारले जतिसक्दो छिटो किसानका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाए । मन्त्री यादवले जिटुजीमार्फत भार सरकारबाट  मल ल्याउने सहमति र सम्झौता भइसकेकाले आपूर्तीमा समस्या नहुने उनको भनाइ छ ।

मन्त्री यादवले लामो समयदेखी देखिएको मलको समस्या अब सधैंका लागि समाधान हुने बताए । संघका अध्यक्ष पाठकले इजरायलबाट फर्केका युवालाई कृषिमा लाग्न सरकारी तवरबाट साथ सहयोग आवश्यक रहेको बताए । कृषि तथा पशुजन्य उत्पादनमा लाग्ने युवा कसानलाई सरकारले सहयोग गरे उद्यमशीलता बढ्ने विश्वास व्यक्त गरे ।

मन्त्री यादवले उत्पादनमा लागेका र लाग्ने स्पष्ट परियोजना भएका साना किसानलाई सरकारले साथ सहयोग प्रदान गर्ने बताए । इजरायलबाट फर्केर केही गर्न चाहने युवालाई सरकारको तर्फबाट पूर्ण सहयोग हुने प्रतिवद्धता जनाए ।

नेपालका ७५ वटा जिल्लामा कृषि संघको सञ्जाल विस्तार भएको छ । १ हजार १ सय सहकारी छन् । ४० लाख भन्दा कृषक सहकारीमा आबद्ध छन् । सहकारी संस्था आफै बीउ र मल उत्पादन गर्ने र बिक्रि गर्ने कार्यमा संलग्न नभएको भन्दै सरकारले सहकरीलाई मल बीउ उपलब्ध गराउन छोडेको हो ।

‘जतिसक्दो छिटो सहकारी संघ संस्थाहरुलाई मल,बीउ उपलब्धता बढाई किसानलाई कृषि जन्य उत्पादनमा ढुक्कसँग लाग्ने वातावरणको विकास गर्न समेत हामी जोडदार माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।



Leave a comment