२५ हजारभन्दा बढि आन्तरिक रेमिट्यान्स पठाउन नपाइने, सहकारीमा कस्तो असर ?

२५ हजारभन्दा बढि आन्तरिक रेमिट्यान्स पठाउन नपाइने, सहकारीमा कस्तो असर ? :: Sahakari Akhabar

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशभित्र एक ठाउबाट अर्को ठाउमा नगद पठाउन कडाइ गरेको छ । राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै रेमिट्यान्स कम्पनी, सब ऐजेन्ट तथा प्रतिनिधिहरुले आन्तरिक रेमिट्यान्सको कारोबार गर्दा प्रति व्यक्ति, प्रतिकारोबार, प्रतिदिन अधिकतम २५ हजारसम्मको सिमा निर्धारण गरेको छ । यसअघि दैनिक एक लाख रुपैयाँसम्म कारोबार गर्न सकिने व्यवस्था थियो ।

बैंकिङ च्यानलभन्दा बाहिर नगद कारोबार घटाउनका लागि राष्ट्र बैंकले नगद स्थानान्तरणमा कडाइ गरेको हो । यो व्यवस्थाका कारण बजारमा नगद प्रभाव कम हुने भएकाले तरलता अभावको समस्या भोगिरहेका सहकारी क्षेत्रलाई थप प्रभाव पर्ने राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाई बताउछन् ।

‘बैंकिङ च्यानलभन्दा बाहिर नगद कारोबार घटाउन आन्तरिक रेमिट्यान्सको सिमा घटाएको छ’ उनले भने, ‘यसबाट बजारमा नगद प्रवाह घट्ने र सहकारीको दैनिक बचत संकलनमा समेत प्रभाव पर्ने देखिन्छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार अब रेमिट्यान्स कम्पनी, सब ऐजेन्ट तथा प्रतिनिधिहरुले आन्तरिक रेमिट्यान्सको कारोबार गर्दा प्रति व्यक्ति, प्रतिकारोबार, प्रतिदिन अधिकतम २५ हजारसम्मको सिमा निर्धारण गरेको छ ।

यो प्रावधानले रेमिट्यान्स सेवाबाट आम्दानी गर्दै आएका सहकारी संस्थाको व्यवसाय समेत प्रभावित हुने भएको छ । हाल गाउँ गाउँका सहकारीहरुले समेत रेमिट्यान्स सेवा उपलब्ध गराएर त्यसको सेवाशुल्कबाट राम्रो आम्दानी गर्दै आएका छन् । 
 



Leave a comment