काठमाडौं । शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाले प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा मा जीवनराज ओझा नियुक्त गरेको छ । संस्थाका अध्यक्ष नरेन्द्र विष्टले सञ्चालक समितिको फागुन ११ को बैठकले ओझालाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको जानकारी दिए ।
यस अघि संस्थाका प्रमुख कार्यकारी अधिकृत मधुकर वाग्लेले राजिनामा दिएपछि संस्थाले ओझालाई नियुक्त गरेको हो । वाग्लेले फागुन ४ गते राजिनामा दिएका थिए । ओझा संस्थाका सचिव, कोषाध्यक्षको अनुभव सम्हालिसकेका छन् ।
Leave a comment