हाइलाइट

एकीकृत निर्देशनमा कस्तो आउला सुझाव ?

एकीकृत निर्देशनमा कस्तो आउला सुझाव ? :: Sahakari Akhabar

काठमाडौं । सहकारी विभागले एकीकृत निर्देशन परिमार्जन तयारी गरेको छ । तत्कालीन रजिष्ट्रार झलकराम अधिकारीले फागुन १ गते जारी गरेको ८८ बुँदे निर्देशन नयाँ रजिष्ट्रार रुद्रप्रस्राद पण्डितले परिमार्जनको प्रक्रिया अघि बढाएका हुन् ।

विभागले सूचना जारी गरी सरोकारवाला निकायलाई सुझाव मागेको छ । राष्ट्रिय सहकारी महासंघ लगायत विषयगतकेन्द्रीय संघ लगायत अधिकांश सरोकारवाला निकायहरुले सुझाव पठाउने तयारी गरेको बुझिएको छ ।

एकीकृत निर्देशनको विषयमा आज दिउँसो १ बजे नेपाल सहकारी पत्रकार समाजले छलफल आयोजना गरेको छ । छलफलमा जारी भएको ८८ बुँदे निर्देशन र त्यसलाई परिमार्जन गर्न चाहिने थप विषयमा गहन छलफल हुने छ ।

कार्यक्रममा रजिष्ट्रार रुद्रप्रसाद पण्डित, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल लगायत सहभागी हुनेछन् । विभागले सहकारी ऐन, नियामावली, सम्पति शुद्धीकरण निवारणसम्बन्धी निर्देशन बाहेकका विषयमा सरोकारवालसँग थप सुझाव लिएर पुनः निर्देशन जारी गर्ने छ । 
 



Leave a comment