काठमाडौं । मधेस प्रदेशले प्रदेशभित्र संचालित सहकारी संघसंस्थाहरुलाई बंगुर, बाख्रा र पाडा फार्म संचालन गर्नका लागि २५ लाख रुपैयाँसम्म नगद अनुदान दिने भएका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सार्वजनिक सूचना जारी गरी अनुदानका लागि प्रस्ताव माग गरेको छ ।
मन्त्रालयद्धारा प्रकाशित सूचना अनुसार ठूला पाडा फार्मका लागि २५ लाखसम्म, साना पाडा फार्मका लागि ८ लाखसम्म, बाख्रा÷भेडा फार्मका लागि ५ लाखसम्म र बंगुर फार्मका लागि ४ लाखसम्म अनुदान दिने उल्लेख छ । मन्त्रालयले ठूला पाडा फार्मका लागि २ वटा, साना पाडा फार्मका र बाख्रा÷भेडा फार्मका लागि १६÷१६ वटा र बंगुर फार्मका लागि ८ वटा संस्थालाई अनुदान दिने लक्ष्य राखेको छ । मासु मिसन कार्यक्रम अन्र्तगत मन्त्रालयले अनुदान दिन लागेको हो ।
निजी व्यवसायी फार्म, समुह, समिति र सहकारीले संचालन गरेको फार्मका लागि उक्त अनुदान प्रदान गरिने मन्त्रालयले जनाएको छ । अनुदानका लागि संस्थाले मन्त्रालयले स्विकृत गरेको मापदण्ड र संचालन विधि अनुसार फागुन २९ गतेसम्म सम्बन्धित जिल्लाका भेटनरी अस्पताल वा पशु सेवा विज्ञ केन्द्रमार्फत आवेदन बुझाउन सक्नेछन् ।

Leave a comment