हाइलाइट

कल्याणकारी साकोसद्धार कम्प्युटर सहयोग 

कल्याणकारी साकोसद्धार कम्प्युटर सहयोग  :: Sahakari Akhabar

ललितपुर । लुभुमा रहेको कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले नेपाल हृदयरोग निवारण प्रतिष्ठान महालक्ष्मी इकाई समिति लुभुलाई ल्यापटक र प्रिन्टर सहयोग गरेको छ । संस्थाका अध्यक्ष देवी श्रेष्ठले नेपाल नेपाल हृदयरोग निवारण प्रतिष्ठान महालक्ष्मी इकाईका संयोजक ई. रामबहादुर श्रेष्ठलाई सहयोग हस्तान्तरण गरेकी हुन् ।

कार्यक्रममा महालक्ष्मी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष विश्वराज श्रेष्ठलगायत संस्थाका संचालक समितिका पदाधिकारी, लेखा समितिका पदाधिकारी, कर्मचारी एवं प्रतिष्ठानका पदाधिकारीको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रतिष्ठानका संयोजक ई.रामबहादुर श्रेष्ठले तथा वडा अध्यक्ष विश्वराज श्रेष्ठले मन्तव्य राखेका थिए ।
 



Leave a comment