हाइलाइट

जेष्ट साकोसले सदस्यलाई एटिएम सेवा दिने

जेष्ट साकोसले सदस्यलाई एटिएम सेवा दिने :: Sahakari Akhabar

काठमाडौं । गोंगबुमा मुख्य कार्यालय रहेको जेष्ट बचत तथा ऋण सहकारी संस्थाले अव सदस्यलाई एटिएम सेवा पनि दिने भएको छ ।  संस्थाले आज स्मार्ट च्वाइस टेक्नोलोजीसंग उक्त सेवा प्रदान गर्न सम्झौता गरेको हो ।

सहकारी र उक्त कम्पनी बिच एटिएम संचालन सम्वन्धि सम्झौता गरेको जेष्ट बचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक मधुसुधन पाठकले जानकारी दिए । उनले सदस्यहरुलाई डिजिटल सेवा दिन र प्रविधिमैत्रि बनाउँदै लैजान एटिएम सेवा संचालनमा ल्याएको जनाएका छन् ।

संस्थाले सदस्यहरुलाई एससिटि कार्ड उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको जनाइएको छ । सहकारी संस्थाका उपत्यकाका विभिन्न स्थानमा ६ वटा सेवाकेन्द्र मार्फत १ हजार ५ सय सदस्यले सेवा लिइरहेको प्रवन्धक पाठकले बताए ।



Leave a comment