सहकारी विकास बोर्डमा ५ सदस्य नियुक्त

सहकारी विकास बोर्डमा ५ सदस्य नियुक्त :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डमा ५ जना सञ्चालक सदस्य नियुक्त भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले बोर्डमा सञ्चालक सदस्य नियुक्त गरेका हुन् ।

सुदूरपश्चिमबाट दशरथ भण्डारी, लुम्बिनीबाट सन्दीप सापकोटा, गण्डकीबाट पोषणराज सुवेदी, बागमतीबाट केदार मानन्धर र मधेशबाट शम्भुबहादुर खड्का नियुक्त भएको बोर्डका सहअध्यक्ष मित्रराज दवाडीले जानकारी दिए ।

यसअघि केन्द्रीय संघका तर्फबाट नेपाल कृषि केन्द्रीय सहकारी संघका अध्यक्ष खेम पाठक र जडिबुटी केन्द्रीय सहकारी संघका अध्यक्ष ईश्वरी पाण्डे बोर्ड सदस्यमा नियुक्त भएका थिए । उनीहरु १३ केन्द्रीय संघको उपस्थितिमा सर्वसम्मत बोर्डको सञ्चालकमा चुनिएका थिए ।



Leave a comment