हाइलाइट

बलेवा एकता साकोसको वित्तीय साक्षरता तालिम     

बलेवा एकता साकोसको वित्तीय साक्षरता तालिम      :: Sahakari Akhabar

बागलुङ । बलेवा एकता वचत तथा ऋण सहकारीले एक दिने सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम शनिवार सम्पन्न गरेको छ ।

संस्थाको बागलुङ नगरपालिका वडा नं. १३ पैयुपाटा सेवा केन्द्रका सञ्चालक तथा शेयर सदस्यहरुका लागि सञ्चालित तालिममा सहकारीमा वित्तीय साक्षरताको महत्व लगायतका विषयमा जानकारी गराइएको थियो ।

सहकारी व्यवसायलाई सदस्य केन्द्रीत बनाउदै संस्थामा आवद्ध शेयर सदस्यहरुलाई वित्तीय रुपमा सक्षम बनाउनका लागि तालिम आयोजना गरिएको संस्थाका प्रवन्धक भरत पौडेलले जानकारी दिए ।

सहकारीमा वचत गर्नका लागि खर्च कटौती र आम्दानी वृद्धि गर्न सकिने उपायहरु सिकाइउको थियो । तालिम राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहजीकरण गरेका थिए ।

तालिममा संस्थाका सञ्चालक, कर्मचारी र शेयर सदस्य गरी ५० जनाको सहभागिता रहेको थियो । तालिमको शुभारम्भ बागलुङ नगरपालिका वडा न. १३ का वडा अध्यक्ष नारायण पौडेलले गरेका थिए ।

कार्यक्रम बलेवा एकता साकोस पैयुपाटा सेवा केन्द्रका अध्यक्ष प्रेम बहादुर रोकाको अध्यक्षता, उपाध्यक्ष एकनाथ शर्माको स्वागत र सचिव कृष्णप्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।



Leave a comment