हाइलाइट

सन्दर्भ ब्याजदरको बैठक जारी, आज के होला ?

सन्दर्भ ब्याजदरको बैठक जारी, आज के होला ? :: Sahakari Akhabar

काठमाडौं । सहकारीको सन्दर्भ ब्याजदर निर्धारण समितिको १ बजेदेखि तय भएको बैठक अझै जारी छ । आजको बैठकले ब्याजतर तोकिने नतोकिनेमा अझै अन्योल छ । सहकारी विभागका कर्मचारीहरुले अझै छलफल गर्नुपर्ने भएकाले आजको बैठकले ब्याजदर नतोक्ने बताउँछन् । तर, सहकारी अभियानले ब्याज  तोक्न दवाव दिइरहेको छ ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले साढे ३ घण्टादेखि बैठक जारी रहेको बताए । आजै ब्याज तोकिन सक्ने उनले बताए । हाल सहकारीमा सन्दर्भ व्याजदर १४.७५ प्रतिशत छ । महासंघले सन्दर्भ व्याजदर १७ प्रतिशत तोक्न विभागमा सुझाव दिइसकेको छ । तर, सरकारले ब्याज हेरहेरको निर्णय गर्न आनाकानी गरिरहेको छ । 



Leave a comment