काठमाडौं । ललितपुर कृषि सहकारी संघको साधारणसभा अन्योलमा परेको छ । संघको साधारणभामा निर्वाचन गर्ने कि नगर्ने भन्ने विषयमा संचालकहरूबीच नै विवाद भएपछि साधारणसभा अन्योलमा परेको हो ।
संघले फागुन ६ गते नियमित साधारणसभा तय गरेको थियो । तर, लेखा समिति संयोजकसहित ८ जनाले साधारणभा स्थगित गर्न प्रदेश रजिष्टार कार्यालयमा उजुरी गर्नुका साथै संघमा समेत निवेदन दिएका थिए । त्यसपछि संघको साधारणसभा स्थगित गरिए पनि विवाद समाधानको लागि भने पहल भएको छैन ।
साधारणसभाको विवादबारे हालसम्म न प्रदेश रजिष्ट्रार कार्यालयले कुनै निर्देशन दिएको छ न त संचालकहरुबिच नै छलफल भएको छ। दुवै पक्ष चुनावी साधारणसभालाई आफ्नो अनुकुल बनाउन लागिपरेका छन् । अब साधारणसभा कहिले र कसरी गर्ने भन्ने विषयमा ठोस रुपमा छलफल हुन नसकेको संघका पदाधिकारी बताउँछन् ।
संघका वरिष्ठ उपाध्यक्ष दिल नापितले साधारणसभा कसरी र कहिले गर्ने छलफल नभएको बताए । ‘हाम्रो आन्तरिक छलफल त भइरहेको छ तर साधारणसभा कसरी र कहिले गर्ने भन्ने विषयमा दुई पक्षीय वार्ता भने भएको छैन’ उनले भने ।
असन्तुष्ट पक्षले चुनाव रोक्नका लागि बागमती प्रदेश रजिष्ट्रार कार्यालयलाई इमेल गरेको थियो । यसबारेमा रजिष्ट्रार कार्यालयले पनि कुनै निर्देशन दिएको छैन । नापित भन्छन्, ‘पहिला हामी छलफल गर्र्छाै, नमिले मात्रै रजिष्ट्रार कार्यालयको सहयोग लिन्छौं ।’
रजिष्ट्रार ज्ञवालीले एकीकरण हुँदा कस्ता शर्त छन्, त्यसैको आधारमा विवाद टुंगिने बताए । ‘सबै साथीभाई हुन, मतभिन्नता र मतभेद सधैँ हुदैँन, छ्ट्टिै मिल्छ होला ।’ संघकी अध्यक्ष ओमदेवी मल्ल साथीहरुको भावना अनुसार नै साधारणसभा स्थगित गरिएको र छलफलबाटै विवाद समाधान गर्ने बताउछिन् ।
अध्यक्ष मल्लले गल्ती गरेको महशुस गरेकाले अब छिट्टै चुनावी साधारणसभा हुने नापित बताउँछन् । सदस्य संस्थाहरूलाई चुनावसहितको साधारणसभाको जानकारी गराएर मात्रै अब निर्वाचन हुनुपर्ने उनले बताए । ‘मेरो आकांक्षा छैन्, सक्षम जो आएपनि वा पुरानै दोहोरिए पनि प्रक्रिया पुरा गर्न निर्वाचन सहितको साधारणसभा हुन्छ’ उनले भने ।
बागमती प्रदेश सहकारी रजिष्ट्रार नारायणप्रसाद ज्ञवालीले उजुरीबारे आफुलाई जानकारी नभएको बताए । ‘रजिष्ट्रार कार्यालयमा उजुरी आइपुगेको छैन’ उनले भने, ‘आपसमा छलफल गरेर मिलाउँदै हुनुहोला ।’
रजिष्ट्रार ज्ञवालीले एकीकरण हुँदा कस्ता शर्त छन्, त्यसैको आधारमा विवाद टुंगिने बताए । ‘सबै साथीभाई हुन, मतभिन्नता र मतभेद सधैँ हुदैँन, छ्ट्टिै मिल्छ होला ।’ संघकी अध्यक्ष ओमदेवी मल्ल साथीहरुको भावना अनुसार नै साधारणसभा स्थगित गरिएको र छलफलबाटै विवाद समाधान गर्ने बताउछिन् ।
‘साथीहरुको भावना अनुसार नै साधारसभा स्थगित गरिएको छ’ उनले भने, ‘साथीहरुसँग छलफल गछौं, नमिले कानुन अनुसार गर्ने हो ।’ रजिष्ट्रार कार्यालयले नै एकिकरण हुँदा चार वर्षको कार्यकाल हुने भनेकाले सोहि अनुसार अघि बढेको उनको दावी छ ।
प्रदेशको सहकारी नियमावलीको नियम २१(४) को उप नियम ३ (छ) तथा एकीकरण कार्यविधिमा संघसंस्था एकीकरण हुदाँ बनेको संचालक समिति तदर्थ समिति हुने भएकाले ६ महिनाभित्र संचालक समितिको निर्वाचन गर्नुपर्ने प्रावधान छ । तर, अध्यक्ष मल्लले अघिल्लो रजिष्ट्रार विक्रम पाण्डेले अबको कार्याकाल चार वर्षको हुनेगरी विनियम संशोधन गरेको भन्दै नियमित साधारणसभा बोलाएको बताउँदै आएकी छन् ।
Leave a comment