युवा स्वरोजगार कोषमा सहकारीकालागि थोक कर्जाको आवेदन खुल्ला :हेर्नुहोस् सूचना

युवा स्वरोजगार कोषमा सहकारीकालागि थोक कर्जाको आवेदन खुल्ला :हेर्नुहोस् सूचना :: Sahakari Akhabar

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले थोक कर्जाका लागि सहकारी संस्थाहरुलाई आवेदन खुल्ला गरेको छ । थोक कर्जा लिई उद्देश्य अनुसार छनोट भएका बेरोजगार युवाहरूलाई व्यक्तिगत तथा सामूहिक कर्जा प्रवाह गर्नका लागि कोषले सहकारीसँग आवेदन मागेको हो ।

कोषका अनुसार कर्जा लिनका लागि महानगरका सहकारीहरूको हकमा १० लाख सेयर पुँजी र ५ सय सदस्य भएको तथा पछिल्ला दुई आर्थिक नाफामा संचालन भएको हुनुपर्नेछ । उपहानगरका सहकारीको भने सेयर पुँजी ८ लाख र सदस्य संख्या चार सय र नगरपालिकाका सहकारीहरुको पुँजी ५ लाख र ३ सय सदस्य भएको हुनुपर्नेछ ।

यसैगरी गाउँपालिकाका सहकारीहरुको हकमा भने एक सय सदस्य भएको तथा एक लाख पुँजी भएको हुनुपर्ने तथा दुर्गम क्षेत्रका सहकारीहरुमा भने १ लाख सेयर पुँजी र  ५० सदस्य भएका हुनुपर्ने प्रावधान तोकिएको छ ।

आवेदन दिनका लागि चैत ४ गतेसम्मको समय दिइएको छ । ५ प्रतिशत भन्दा बढि भाखा नाघेको कर्जा,  गत वर्ष सञ्चिति नोक्सानी भएका सहकारीले आवेदन दिन पाउने छैनन् । संस्थाको कार्यालय खोली नियमित कार्य सञ्चालन गरेका सहकारीले मात्रै कर्जा लिन पाउनेछन् ।



Leave a comment