काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डमा नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठक र केन्द्रीय जडिबुटी संघका अध्यक्ष ईश्वरीप्रसाद पाण्डे निर्वाचित भएका छन् ।
केन्द्रीय संघको निर्वाचनबाट बोर्डमा २ जना सदस्य सञ्चालक निर्वाचन गर्ने व्यवस्था अनुसार पाठक र पाण्डे सर्वसम्मत सदस्य भएका हुन् । १९ वटा केन्द्रीय संघमध्ये १३ वटा केन्द्रीय संघका अध्यक्ष निर्वाचनमा सहभागी थिए ।
अन्य संघका अध्यक्षहरुसँग पनि सम्पर्क गरी बोर्डको सञ्चालक समिति छनोट गरिएको हो । निर्वाचनको प्रक्रिया भने भएन । नवयिनुक्त बोर्डका सदस्य पाण्डेले विषयगत केन्द्रीय संघको भावना, योजना, चाहनासहित सिंगो सहकारी अभियानलाई टेवा पुग्नेगरी काम गर्ने बताए ।
संविधान र सहकारी ऐन, नियमन, नीति, तथा कार्यक्रम अन्र्तगत रहेर सहकारीलाई उत्पादनमा जोड्दै कुल ग्राहस्थ उत्पादनमा सहकारीको योगदान बढाउने उनको भनाइ छ । उत्पादन तथा वित्तीय कारोबारलाई केन्द्रीत गरी काम गर्ने पाण्डे बताउँछन् ।
Leave a comment