हाइलाइट

हाम्रो चित्रवन साकोसको बार्षिकोत्सवमा सदस्यलाई सम्मान 

हाम्रो चित्रवन साकोसको बार्षिकोत्सवमा सदस्यलाई सम्मान  :: Sahakari Akhabar

भरतपुर । हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्थाको एकीकरण पछिको पहिलो बार्षिकोत्सव सम्पन्न भएको छ । बार्षिकोत्सवको अवसरमा संस्थाले पुर्व अध्यक्ष , निर्वतमान संचालक तथा लेखा सुपरिवेक्षण समिती, पुर्व सल्लाहकार, एकीकरण बिवाद समाधान उपसमिती, एकीकरण सहजीकरण उप समितिलाई सम्मान गरिएको थियो ।

सोही अवसरमा संस्थाका ७० बर्ष उमेर पुगेका ज्येष्ठ शेयर सदस्यहरु, बिद्यावारिधि गर्नुभएका सदस्य तथा सदस्यका परिवार, सामुदायिक र संस्थागत बिद्यालयबाट एस.इ.इं परिक्षामा उत्कृष्ट अंक ल्याई पास गर्नु भएका सदस्यका छोरा  छोरिहरुलाई नगद सहित प्रशंसापत्रले सम्मान गरिएको थियो ।

भरतपुर ११ बाईपासरोडमा मुख्य कार्यालय रहेको सस्ंथाको दीपज्योति, चित्रवन, हाम्रो माईति , अभिबृद्धि, गौरवमय, भानुचोक, पटिहहानी र मोडल सहित ८ सेवा केन्द्रहरु रहेका छन् । संस्थामा हाल १०५३० शेयर सदस्य रहेको र कुल पुँजी १ अर्ब २० करोड  भन्दामाथि  रहेको छ ।

संस्थाका अध्यक्ष तेजेन्द्र बहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष अनिलराज पौडेलले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी नेफस्कूनका उपाध्यक्ष शान्ति ढकाल अधिकारीले एकीकरण मार्फत सदस्यलाई अझ दिगो र सुरक्षित कारोवारका लागि अग्रसर बनाएको बताइन् ।

कार्यक्रममा चितवन जिल्ला त्रचत तथा ऋण सहकारी संघका अध्यक्ष हरिश्चन्द्र सुवेदी, संस्थापक अध्यक्ष सोमराज खनिया, पुर्व अध्यक्षहरु नयनराज शर्मा नेपाल, बिनोद मिश्र सन्तबहादुर गुरुङ,  सल्लाहकार रमाकान्त सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए । 


 



Leave a comment