काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारीमा युवा सहभागिता बढाउन ‘राष्ट्रिय युवा फोरम २०२२’ आयोजना गर्ने भएको छ ।
आउँदो चैत २५ र २६ गते काठमाडौंमा आयोजना हुने फोरममा १५० जना युवाको सहभागिता रहने महासंघले जनाएको छ । सहकारी क्षेत्रमा युवाको सहभागिता न्यून छ ।
सहकारीमा आकर्षण नदेखेर युवाहरु यस क्षेत्रमा आउन नचाहेको देखिन्छ । फोरमले युवाको सहभागिता बढाएर उद्यमशीलता विकास गर्न सघाउ पुग्ने महासंघको विश्वास छ ।
सहकारी क्षेत्रमा ८६ हजार बढी रोजगारीमा छन् । सञ्चालक समितिमा युवाको सहभागिता न्यून छ । युवाहरुलाई लक्षित विभिन्न विषयमा प्रशिक्षण महासंघले जनाएको छ ।
यसअघि महासंघले युवा समावेशिता, उद्यमशीलता विषयमा पनि छलफल चलाएको थियो । युवा र उद्यमशीलतालाई फोकस गरिएको फोरमले सहकारीमा युवाको सहभागिता बढ्नुका साथै युवा उद्यमी जन्माउन सहज हुने जनाइएको छ ।
Leave a comment