हाइलाइट

सीतापाइला सहकारी २२ औं वर्षमा 

सीतापाइला सहकारी २२ औं वर्षमा  :: Sahakari Akhabar

काठमाडौं । सीतापाइलामा रहेको सीतापाइला बहुउद्देश्यीय सहकारी संस्था २२ औं वर्षमा प्रवेश गरेको छ । संस्थाले २२ औं स्थापना दिवको अवसरमा चन्द्रागिरी नगरपालिकाको थानकोटमा सेवा केन्द्र समेत स्थापना गरी कारोबार सुरु गरेको छ ।

काठमाडौं तथा ललितपुर जिल्लाभर कार्यक्षेत्र रहेको यस संस्थाले काठमाडौं, नागार्जुन, चन्द्रागिरीलाई केन्द्रविन्दु बनाएर कारोबार गरिरहेको छ । समुदायको पहिलो रोजाइको बहुउद्देश्यीय सहकारी संस्था निर्माण गर्ने दृष्टिकोण रहेको संस्थाले सदस्यलाई अत्याधुनिक प्रविधिमार्फत बचत, ऋण र बहुउद्देश्यीयका सेवाहरु पु¥याइरहेको संस्थाका अध्यक्ष केदार माननधरले जानकारी दिए ।

संस्थाले ललितपुरमा रहेको सरल बहुउद्देश्यीय सहकारी संस्थासँग एकीकरण गरेको छ । एकीकरणपश्चात ललितपुर जिल्लाभर कार्यक्षेत्र विस्तार भएको छ । संस्थाले सहकारीमा आधारित महिला लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आएको जनाइएको छ । सदस्यको मृत्यु हुँदा सदस्य सुविधा कोषबाट २० हजार प्रदान  गर्ने तथा सदस्य प्रसुती खर्च २ हजार ५ सय र नवजात शिशुको नाममा १ हजार बालबचत खोल्ने जनाएको छ । 
 



Leave a comment