काठमाडौं । मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुलाई चन्द्रागिरि भ्रमण गराएको छ । संस्थाले विभिन्न बचत योजनामा सहभागिता जनाएका सदस्यहरुमध्येबाट गोलाप्रथा गरी १ सय १९ जना सदस्यहरुलाई चन्द्रागिरी भ्रमण गराएको हो ।
संस्थाले दशैंतिहारको अवसरमा विभिन्न नयाँ बचत योजना ल्याएको र त्यसमा २५० भन्दा बढि सदस्यले सहभागिता जनाएको जनाइएको छ । त्यसैगरी अवसरमा गोलाप्रथामार्फत मालती पौडेलले मोबाइल फोन जितेकी छिन् भने अन्य २० जनाले संस्थाको लोगो अंकिछ ट्रयाकसुट हात पारेका छन् ।
साथै बचत योजनामा सहभागी भइ छनौट भएका अन्य सदस्यलाई पनि उपहार दिइएको संस्थाका सचिव एवं प्रबन्ध निर्देशक इन्द्रप्रसाद गेलालले जानकारी दिए ।
Leave a comment