हाइलाइट

सिएमसिद्धारा ७ दिने प्रशिक्षक प्रशिक्षण तालिम

सिएमसिद्धारा ७ दिने प्रशिक्षक प्रशिक्षण तालिम :: Sahakari Akhabar

पोखरा । कोअपरेटिभ म्यानेजर्स कल्ब (सिएमसि) कास्कीको आयोजनामा ७ दिने प्रशिक्षक प्रशिक्षण तालिम पोखरामा सुरु भएको छ । तालिम फागुन ७ गते बाट १३ गते सम्म संचालन हुने जनाइएको छ ।

तालिममा क्लबका सस्थापक अध्यक्ष मीलन ढकालले कास्किमा रहेका सहकारी सस्थामा तालिम प्रदान गर्नकोलागि जिल्ला भित्र यथेष्ट प्रशिक्षक नहुँदा र बाहिरबाट प्रशिक्षक ल्याउँदा लागत बढ्ने समस्या भएको बताए ।

उनले उक्त तालिमले सहकारी अभियानमा एउटा कोषेढुङा सावित हुने बताए । उद्धघाटन कार्यक्रममा क्ल्बका अध्यक्ष अपिल कोइरालाले “ब्यवस्थापकहरुको क्षमता सहकारी सस्थामा एकरुपता“ भन्ने मुल नाराका साथ स्थापित क्लबले सहकारीमा आवस्यक तालिमहरु संचालन गरि सहकारी अभियान थप ससक्त बनाउन सहयोग गरेको बताए ।

उनले बर्तवान अवस्थामा यो तालिमले अभियानलाइ थप ससक्त बनाउने कुरामा दुबिधा नभएको बताए । तालिममा कास्की जिल्लामा संचालित १८ जना सहकारीका ब्यवस्थापकहरुको सहभागीता रहेको छ ।

तालिमलाई नेफस्कूनको प्राविधिक सहयोग तथा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोख्रेल, प्राचार्य सन्जयराज तिमिल्सेना, बरिष्ठ तालिम अधिकृत बल्लभ तिमिल्सिना र प्रेमनाथ वाग्लेले तालिमको सहजीकरण गर्ने छन् । तालिम कार्यक्रमको उपाध्यक्ष हरिप्रसाद पन्थीले स्वागत र सचीव मोहनप्रसाद अधिकारिले संचालन गरेका थिए ।



Leave a comment