प्रतिवेदन नबुझाउने सहकारीलाई जरिवाना

प्रतिवेदन नबुझाउने सहकारीलाई जरिवाना :: Sahakari Akhabar

ललितपुर । प्रतिवेदन नबुझाउने सहकारीलाई ललितपुर महानगरपालिकाले जरिवाना लगाउने भएको छ । ललितपुर महानगरपालिकाले सूचना जारी गरी प्रतिवेदन बुझाउन बाँकी संस्थाले चैत्रभित्र तोकिएको जरिवाना तिरी बुझाउनु निर्देशन जारी गरेको छ ।

ललितपुर महानगरपालिकाको सहकारी ऐन २०७५ को दफा ६६ को उपदफा ३(क) बमोजिम कारबाहीको लागि राष्ट्रिय दैनिक पत्रिकामा संस्थाको नामनामेसी सहित प्रकाशन हुने महानगरले चेतावनी दिएको छ ।

ललितपुर महानगरपालिकाका १ सय ५४ वटा सहकारीले मात्रै प्रतिवेदन बुझाएका छन् । ललितपुर महानगरले सहकारी ऐन २०७५ को दफा २९ (२) बमोजिम २०७८ पौष महिना भित्र साधारण सभा सम्पन्न गरी वार्षिक प्रतिवेदन गर्ने सहकारी नगन्य रहेको जनाएको छ ।

महानगरपालिकामा विवरण पेश गर्नु पर्ने प्रावधान अनुसार फागुन ३ सम्म १५४ वटा संस्थाको प्रतिवेदन मात्र पेश हुन आएको महानगरले जनाएको छ ।

 



Leave a comment