सहकारीहरुले गरेका रचनात्मक कामहरुको प्रचार प्रसार गर्दै सदस्य र आम जनतासम्म सहकारी बुझाउने भूमिका संचारमाध्यमको हो
नङ र मासुको जस्तो सम्बन्ध
सहकारीले छरिएको श्रम, सिप र पुँजी एकिकृत गर्दै सदस्यहरुको जीवन बदल्न सघाउँछ । सहकारीहरुले गरेका रचनात्मक कामहरुको प्रचार प्रसार आमसंचारमाध्यमबाट हुनुपर्छ ।
त्यसैले सहकारीका राम्रा काम सदस्य र आम जनतासम्म पुर्याउने काम संचारमाध्यमको हो ।
सँगसँगै सहकारीका समस्या, कमीकमजोरीको पनि संचारमाध्यमले उजागर गर्छ । यसबाट सहकारीलाई नै सच्चिन मद्धत पुग्छ । सदस्यहरुलाई पनि लाभ पुग्छ ।
संचारमाध्यमले जनताको आर्थिक तथा सामाजिक जीवनस्तर बदल्ने तथा समाजवाद स्थापित गर्ने प्रकृतिका सामग्रीहरु दिनुपर्छ । यसबाट सहकारीका महत्व बढाउने र सहकारीमा आबद्ध नभएकालाई पनि आबद्ध हुन प्रेरित गर्छ ।
नराम्रा कामको मात्र प्रचार बढि भयो
सहकारीको प्रवद्र्धन र विकासका लागि सहकारी अभियान र संचारमाध्यमको महत्वपूर्ण भूमिका हुन्छ । सहकारीले धेरै राम्रा काम गरेका छन् । तर नराम्रा काम प्रचार भइरहेको छ ।
संचारमाध्यमले सहकारीका सकारात्मक कामको प्रचार गर्न अभियानले सघाउनुपर्छ । संचारमाध्यमले पनि सकारात्मक ढंगले प्रवद्र्धन गर्ने सूचना प्रवाहमा ध्यान दिनुपर्छ ।
सहकारी अभियानले संचार क्षेत्रलाई परिचालन गर्न सक्यो, सहकारीका गतिविधि देखाउन सक्यो भने पक्कै पनि प्रकाशमा आउँछन् । अभियान, संचार र राज्य एक आपसमा समन्वय गरेर अघि बढनुपर्छ । राज्यले सहकारीलाई वेवास्ता गर्न मिल्दैन ।
सहकारीको शुद्धिकरणका लागि राज्यले पनि भूमिका खेल्नैपर्छ । राज्यको प्राथमिकतामा सहकारी पर्नुपर्छ । संचारमाध्यमको प्राथमिकतामा पनि सहकारी पर्नैपर्छ ।
सहकारीलाई अनुशासन राख्छ
संविधानले तीन खम्बे अर्थनीति अवलम्बन गरेको छ । तर सहकारी स्थापित हुन अझै धेरै काम गर्नुपर्नेछ । सहकारी ऐन, नियम राम्रो बनेको छ । सहकारी सञ्जाल विस्तार भएको छ ।
सहकारी व्यवस्थित गर्न, अनुशासनमा राख्न संचारको महत्वपूर्ण भूमिका हुन्छ । राज्यले सहकारीलाई विकास गर्न पूर्वाधार निर्माण गर्न जरुरी छ ।
सहकारीका लागि आवश्यक पूर्वाधार निर्माणमा सहयोग पुग्नेगरी सञ्चारले पनि भूमिका खेल्नुपर्छ । त्यसरी भूमिका निर्वाह गर्दा पक्कै पनि सहकारीको प्रवद्र्धनमा टेवा पुग्छ ।
सहकारीको नकारात्मक भन्दा पनि सकारात्मक कुरा प्रचार गर्न संचारमाध्यमले ध्यान दिनुपर्छ । सहकारी व्यवस्थित गर्न सञ्चारको भूमिका अग्रणी हुन्छ ।
सहकारीको राम्रो चिज बाहिर ल्याउने र नराम्रो कुरा सम्बन्धीत निकायमा भनिदिएर सुधार गर्न सञ्चारले भूमिका खेल्न सक्छ । सुशासन सहितको सहकारी परिकल्पना गर्न सकिन्छ ।
सहकारीभित्र पनि विकृति, विसंगति मौलाइएरहेको छ । सहकारी सुन्दर क्षेत्रलाई पनि नराम्रो हुन सक्ने खतरा सधैं रहन्छ । त्यसकारण, राज्य, संचार र समग्र सहकारी अभियान सक्रियताका साथ हातेमालो गर्न जरुरी छ ।
संचार र अभियानको सक्रियताले सुधार
सहकारी अभियानमा भएका कामहरुको संचारमाध्यमले उजागर गर्नुपर्छ । समस्या, चुनौति तथा थप सुधार गर्नुपर्ने विषय सुझावसहितका प्रक्रियागत विषय बाहिर ल्याइदिए सहकारी अभियानलाई फाइदै पुग्छ ।
सहकारी अभियान र सञ्चार एकआपासमा सहकार्य गरेर अघि बढ्नुपर्छ । अभियानको तर्फबाट गर्नुपर्ने कुरा सुस्त भइरहेका छन् ।
केही जिल्लामा निश्क्रिय भएको अभियान सक्रिय हुन थालेको छ । लामो समयदेखि निश्क्रिय रहेको अभियान केन्द्रीय निकाय र सञ्चारको सक्रियताले गति लिन थालेको देखिएको छ ।
धेरै जिल्लामा सहकारी अभियान अघि बढेको छ । बागमतीको सिन्धुपाल्चोक, रसुवा र रामेछापको सहकारी अभियान अरुको तुलनामा सुस्त छ । यसलाई सक्रियता प्रदान गर्न अभियानले भूमिका खेल्नुपर्छ । संचारमाध्यमले पनि भूमिका खेल्नुपर्छ ।
शिक्षालाई सहकारीसँग जोड्नुपर्छ
शिक्षा, सूचना र संचार सहकारीको अभिन्न अंग हो । शिक्षालाई सहकारीसँग जोड्नुपर्छ । सहकारीका सदस्यलाई शिक्षित, दिक्षित गर्ने काम सहकारीको हो । यसका लागि संचारमाध्यमको भूमिका खेल्नसक्छ ।
सहकारी अभियानले सहकारी शिक्षा प्रदान गर्न विशेष चासो देखाउनुपर्छ । संचारमाध्यमले पनि गाउँगाउसम्म सहकारीको प्रवद्र्धनका लागि रचनात्मक कदम चालेको छ । सहकारीप्रतिको अभिप्रेरणा दिन सकेको छ ।
सहकारी अभियनमा भएका राम्रा र सुधार गर्नुपर्ने पक्षमा सञ्चार जगतले आवाज उठाउनुपर्छ । सरोकारवाला निकायको भूमिका के हुने भन्ने विषयमा पनि सञ्चारले उठाइरहेको छ ।
त्यसकारण सञ्चार सहकारी अभियानको अभिन्न अंग हो । सहकारी अभियान र सञ्चारबीच सहकार्य गरी सशक्त ढंगबाट सहकारीको प्रवद्र्धनका लागि लाग्नुपर्छ ।
सहकारीमा प्रचुर संभावना छ
सहकारी क्षेत्र धेरै सम्भावना बोकेको क्षेत्र हो । नेपालमा उद्योग खोल्न सकिएको छैन, हामी सेवामूलक क्षेत्रमा हामी रमाइरहेका छौं । सहकारीले कृषि र उद्योगमा लगानी गर्न सक्छन् । संख्यात्मक धेरै भएपनि सबै सहकारीले एउटै काम गरेको अवस्था छ ।
बचत तथा ऋणमै फोकस भइरहेका छन् । सहकारी ऐन २०७४ कै कारण सहकारी उत्पादनमा नगई बचतमै अलमलिरहेका छन् । यो अवस्थामा संचारमाध्मयले सहकारीको राम्रा गतिविधि प्रकाशमा ल्याउन सक्छ ।
कृषि क्षेत्रमा सहकारीले कस्तो योगदान गरेका छन्, रोजगारी, युवा तथा महिला शसक्तीकरण तथा उत्पादनमा भएका बारे सहकारीले चर्चा गर्न सक्छ । नमूनायोग्य काम गर्ने सहकारी छन्। सञ्चार क्षेत्रले उनीहरुको कामलाई प्रचारप्रसार गर्नुपर्छ।
उनीहरुका सफलताका सुत्र प्रचार भए अरु सहकारीलाई पनि प्रेरणा मिल्छ । मिडियाले सुशासनका लागि सचेतना फैलाउन जरुरी छ । समस्यामा परेका सहकारीका बारेमा पनि रचनात्मक तरिकाले प्रस्तुत गर्नुपर्छ।
विश्लेषणात्मक समाचार सम्प्रेषण गर्दा अरु सहकारी जोगिन सक्छन् । कमजोरी के हो ? के भएको भए त्यसो हुन्थेन ? जस्ता विषयहरु पनि सँगसँगै आउनुपर्छ । यसले अरु सहकारीलाई पनि सचेत गराउँछ ।
सहकारीको योगदान आउनुपर्यो
पछिल्लो समयमा सहकारीको विकासका लागि सञ्चारले पनि भूमिका खेलेको पाइएको छ । सहकारी अभियान भित्र राम्रा र नराम्रा संस्था छन् ।
अहिलेसम्म संचार जगतले राम्रै भूमिका खेलेको छ । तर सहकारीभित्रका राम्रा कुरा खासै आउन सकेका छैनन् ।
सहकारीले गरेको योगदान देखिएको छैन । यसका लागि सहकारीले सञ्चारमा पहुँच पनि बढाउनुपर्छ । आफ्ना राम्रा काम बाहिर आयोस् भन्नेमा सहकारी चनाखो हुनुपर्छ ।
संचार जगतले पनि सहकारीका राम्रा कुरा बाहिर ल्याउनुपर्छ ।त्यसमा सहकारीका विभिन्न निकायको समन्वय आवश्यक पर्न सक्छ ।
समन्वय, सुझबुझ र हातेमालो गरी संचार र सहकारी सँगसँगै हिड्नुपर्छ । हातेमालो गरी सबैको साथ सहयोग रहेमा सहकारी पनि स्थापित हुन सक्छ ।
सहकारीका माथिल्लो निकायले सहकारीको विकासका लागि बढी नै भूमिका खेल्नुपर्छ । सहकारीको राम्रा काम ओझेल परेको छ । त्यसैलाई उजागर गर्न संचारमाध्यमसँग मिलेर संघहरुले भूमिका खेल्नुपर्छ ।
संचारलाई प्राथमिकता नदिए अभियान र यसका गतिविधि फितलो
संचार विना कुनै पनि क्षेत्रको विकास र प्रवद्र्धन हुन सक्दैन । सहकारी क्षेत्रमा संचारको भूमिका महत्वपूर्ण हुन्छ। आम सहकारीको बुझाई कम छ ।
बैंक तथा वित्तीय शिक्षा औपचारिक पाठ्यक्रममै समावेश छ तर सहकारीको पाठ्यक्रम छैन । सहकारी काम गर्दै, सिक्दै र बुझ्दै आएको हो ।
सहकारीको महत्व दिनानुदिन दिनानुदिन बढ्दै गएको छ । आर्थिक विकासका लागि सहकारी अपरिहार्य भइसकेको छ ।
आम मानिसलाई सहकारी बुझाउन संचारमाध्यमले भूमिका खेल्नुपर्छ । सहकारी एकातिर, संचार अर्काेतिर हुने अवस्था आउन दिनु हुन्न ।
संचार र सहकारी एक सिक्काका दुई पाटा हुन् । सहकारीका मुद्दाहरु उठान गर्न, उजागर गर्न लबिङ गर्न, नीतिनिर्माण तहसम्म पुर्याउनका लागि संचार क्षेत्रले पनि एड्भोकेसी गरिरहेको हुन्छ । सहकारीका गतिविधि सरकारसँग पुर्याउने माध्यम नै संचार क्षेत्र नै हो । यसले प्राथमिकता नदिए अभियान र यसका गतिविधि फितलो हुन्छ ।
Leave a comment