६ प्रतिशत प्रिमियम लिने व्यवस्था गर्न माग 

६ प्रतिशत प्रिमियम लिने व्यवस्था गर्न माग  :: Sahakari Akhabar

काठमाडौं । सहकारीको सन्दर्भ ब्याजदर १७ प्रतिशत नबढ्नेगरी ६ प्रतिशत प्रिमियम लिन पाउने व्यवस्था गर्न सहकारीकर्मीले माग गरेका छन् । राष्ट्रिय सहकारी महासंघले मंगलबार सहकारी विभागसँग छलफल गरी सन्दर्भ ब्याजदर तोक्न ढिलाइ गर्न नहुने ध्यानाकर्षण गराएको छ ।

फागुन १ गतेदेखि बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा ११ प्रतिशत दिन थालेका छन् । ऋणमै १३ प्रतिशत भन्दा माथि छ । महासंघका महाप्रबन्धक चित्राकुमारी सुब्बाले बैंक तथा वित्तीय संस्थाले निक्षेपमा ब्याज बढाएसँगै सहकारीमा चुनौती थपिएको बताइन् ।

‘सम्पत्ति, दायित्वमा व्यवस्थापन गर्न समस्या भयो’ उनले भनिन्,‘हामीले तीन दिनभित्र ब्याजदर पुनरावलोकन गर्न भनेका छौं ।’ सन्दर्भ भ्याजदर क्यापिङ नभई आधार दर राख्ने व्यवस्था गर्न महासंघले विभागलाई सुझाएको छ  ।

१७ प्रतिशत भन्दा माथि जान नहुने र आधार दरमा ६ प्रतिशत भन्दा बढी प्रिमियम लिन नपाउनेगरी व्ववस्था गर्न सुझाएको महाप्रबन्धक सुब्बाले भनिन् । बैंकहरुले ऋणमा १८ प्रतिशतसम्म लिन थालेकाले सहकारीको सन्दर्भ ब्याजदरले थेग्न नसक्ने सहकारीकर्मीले बताउँदै आएका छन् ।

सन्दर्भ ब्याजदर निर्धारण समितिले पटकपटक छलफल गरेर पनि निष्कर्षमा पुग्न सकेको छैन । सन्दर्भ ब्याजदरको उपसमितिको बुधबार बैठक बस्दैछ ।

यो पनि पढनुहोला

सन्दर्भ व्याजदरले अप्ठ्यारोमा सहकारी 

अर्थमन्त्रीले भने सहकारीको व्याजदर बढाउन सकिदैन 

सन्दर्भ व्याजदर परिवर्तन नभएपछि आन्दोलनको तयारी 



Leave a comment