हाइलाइट

सहकारी बैंकले १३.५० प्रतिशत ब्याज दिने

सहकारी बैंकले १३.५० प्रतिशत ब्याज दिने :: Sahakari Akhabar

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ब्याज बढाएसँगै राष्ट्रिय सहकारी बैंकले पनि बढाएको छ । फागुन २ गतेदेखि लागू हुने गरी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले १ वर्षदेखि ५ वर्षसम्मको मुद्दती निक्षेपमा १३.५० प्रतिशतसम्म ब्याज दिने भएको छ । बैंकले ३ देखि ६ महिनासम्मको मुद्धतीमा १०.७५ प्रतिशत ब्याज दिने उल्लेख गरेको छ ।

बैंकले बचत खातामा ४.५० देखि ८.५० प्रतिशतसम्म ब्याज दिने उल्लेख छ । बैंकले विशेष, सुपर, एनसीबीएल समुन्नत, एनसीबीएल प्रिमियम, अनिवार्य नियमित, क्रमिक, साधारण मुद्दती र एनसीबीएल समृद्ध मुद्दती निक्षेपको ब्याज हेरफेर गरेको हो ।

बैंकले संस्थाले बचत गरेका रकम र समयावधिका आधारमा ब्याजदर निर्धारण गरेको छ । सहकारी बैंकले ९ देखि १२ प्रतिशतसम्म ब्याजमा कर्जा दिने उल्लेख गरेको छ ।

बैंकले कृषि परियोजना, आवधिक कर्जा, लघुकर्जा, दीगो सहकारी कर्जा, घरघडेरी खरिद, तरलता व्यवस्थापन, चालुपुँजी, आपतकालिन, जीविकोपार्जन, सहकारी व्यवस्थापन, सहकारी स्थिरिकरण लगायत शीर्षकमा कर्जा दिँदै आएको छ ।



Leave a comment