विराटनगर । मोरङको रंगेलीमा रहेको सदभाव बचत तथा ऋण सहकारी संस्था १३ औँ बर्षमा प्रवेश गरेको छ । सहकारीले बुधबार आफ्नो १२ ओैं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । सहकारीले रंगेली नगरपालिका ७ मा रहेको आफ्नै प्राङ्गणमा बार्षिक साधारणसभा गरेको हो ।
सहकारीका अध्यक्ष कम्लेश्वर ठाकुरको अध्यक्षता तथा रंगेली नगरपालिकाका मेयर दिलिप वगडियाको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा अध्यक्ष ठाकुरले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार सहकारीले ९ करोड ६५ लाख ८७ हजार ८ सय २२ रुपैया ऋण लगानी गरेको छ भने १ करोड ५५लाख २३ हजार ६ सय ४६ रुपैयाँ कूल आम्दानी गरेको छ ।
सहकारीको कुल खर्च १ करोड ३३लाख ३ हजार २ सय ७४ रुपैया रहेको छ । सहकारीले २२ लाख २० हजार ३ सय ७२ रुपैया शुद्ध मुनाफा कमाएको छ । संस्थामा ९सय २४ जना शेयर सदस्य रहेका छन । सहकारीले रंगेली नगरपालिका , सुनवर्सि नगरपालिका , धनपाल थान गाउँपालिका, क्षेत्रमा कृषि फाईनान्स लाई वितिय कारोवार गर्दै आइरहेको छ।
साधारणसभाको अवसरमा सहकारीले मकालु टेलिभिजनका रंगेली रिर्पोटर दिलिप अग्रवाल, एभिन्युज टेलिभिजनका पत्रकार रवीन्द्र बराललाई सम्मान गरेको छ । कार्यक्रममा उत्कृष्ट बचतकर्ता,कर्मचारी , ऋणी हरु लाई समेत सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथी रंगेली नगरपालिकाका मेयर दिलीप अग्रवाल , विशिष्ट अतिथि मोरङ जिल्ला सहकारी संघका अध्यक्ष डिल्ली पोख्रेल बुद्धिजीवी श्यामलाल शर्मा, मचिन्द्र कटुवाल , बितिय संस्थाका प्रमुख दिनेश ठाकुर, बडा अध्यक्ष रामचन्द्र मण्डल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
Leave a comment