जेष्ट आइडियोलोजी साकोस १३ वर्षमा

जेष्ट आइडियोलोजी साकोस १३ वर्षमा :: Sahakari Akhabar

काठमाडौं । जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था १२ वर्ष पूरा गरी १३ वर्षमा प्रवेश गरेको छ । संस्था बचत तथा ऋणको मुख्य कारोबार गर्ने उद्देश्यले स्थापित भएपनि सामाजिक कार्यलाई पनि प्राथमिकताकासाथ अघि बढेको बताइएको छ ।

संस्थाको वित्तीय संरचनालाई मजबुत बनाउँदै प्रविधि प्रयोगमा जोड दिएको संस्थाका प्रमुख कार्यकारी सञ्चालक हेमबहादुर र्काीले जनाएका छन । स्थापना दिवसका अवसरमा सहकारीले सामाजिक उत्तरदायित्वका विविध काम गर्दै आएको छ । अध्यक्ष रामप्रसाद आचार्य र प्रमुख कार्यकारी अधिकृत हेमबहादुर कार्कीद्धारा जारी विज्ञप्तिमा १२ वर्षको दौरानमा सहयोग गर्ने विभिन्न निकायप्रति आभार प्रकट गरेका छन् ।



Leave a comment