सहकारी पेपरलेस र क्याँसलेस सेवामा जानुपर्छ : रजिष्टार

शिव शिखर सहकारीको सातौं एटिएम बुथ ललितपुरको थैवमा

सहकारी पेपरलेस र क्याँसलेस सेवामा जानुपर्छ : रजिष्टार :: Sahakari Akhabar

भक्तपुर । कौशलटारमा मुख्य कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले सातौं एटिएम बुथ सञ्चालनमा ल्याएको छ ।

संस्थाले आजदेखि ललितपुरको थैवमा सातौं एटिएम सेवा संचालन गरेको हो । एटिएम सेवाको संघिय सहकारी विभागका रजिष्टार झलकराम अधिकारीले उद्घघाटन गरेका थिए ।

रजिष्टार अधिकारीले सहकारीले सदस्यलाई प्रविधिमैत्रि वनाएकोमा खुसी व्यक्त गरे । उनले सहकारीहरु प्रविधिमैत्रि हुनुपर्ने र पेपरलेस तथा क्याँसलेस सेवामा सहकारी जानुपर्ने वताए ।

कार्यक्रममा संस्थाका अध्यष शुशिल वाँनिया, गोदावरी नगरपालिका वडा नं १४ का वडा अध्यक्ष जगनाथ महर्जनलगाएतले शुभकामना व्यक्त गरेका थिए ।

संस्थाले संचालन गरेको गार्डेन मार्ट तथा सम्पूर्ण सेवा केन्द्रमा एटिएम बुथ राखेर सदस्यलाई डिजिटल सेवा दिने संस्थाका मुख्य ब्यवस्थापक लिलानाथ गौतमले वताए । उनले अन्य बैंक तथा वित्तीय संस्थाको एटिएम बुथमा पनि संस्थाको एटिएम कार्ड प्रयोग गर्न सकिने बताए ।

साथै संस्थाले माघ महिना भित्र देशको १३ वटा स्थानबाट एटिएम सेवा दिने जनाइएको छ । मुलुकका विभिन्न २३ स्थानमा आफ्ना सेवा केन्द्र विस्तार गरेको संस्थाले शेयर सदस्यलाई सरल र सहज वित्तीय सेवा दिन यस अगाडि नै मोबाइल एप समेत सञ्चालनमा ल्याइसकेको छ ।



Leave a comment